जिपी कोईराला फाउन्डेशन अमेरीकाको नेतृत्वमा वृहत बनभोज कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० साउन ८ गते २२:५५ मा प्रकाशित

२४ जुलाई,२०२३ न्युयोर्क:

न्युयोर्कको क्वीन्सस्थीत क्वीन्सब्रीज पार्कमा गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको संयोजनमा क्वीन्स् टुगेदर, कोलीएसन अफ एशीएन अमेरीकन फर सिभिल राईट्स् र मोरंग समाजको समेत सकृय सहभागितामा एक वृहत (Mini United Nations’ Food and Music Festival) मिनी संयुक्त राष्ट्र खाद्य र संगीत महोत्सव, वनभोज एवं सांगीतीक कार्यक्रम तथा योगा प्रशीक्षण समेत गरीयो।

“मिनी युनाईटेड नेशन्स् फुड एन्ड म्युजीकल फेस्टीवल” नामाकरण दिईएको सो कार्यक्रममा नेपाल, अमेरीका, क्यानडा, भारत, चीन, वंगलादेश, अजरबैजान, घाना, पाकिस्तान, भुटान, गायना, फिलीपिन्स, स्पेन, म्यान्मार, दक्षिण अफ्रिका, जापान, कोरिया, कम्बोडिया, अफगानिस्तान र श्रीलंका लगायतका देशहरुका प्रतिनीधीहरु लगायत स्थानीयवासी क़रीब ४५० को संख्यामा उपस्थिति रहेको थियो।विहान करीब ११ बजे न्युयोर्क राज्यका माननीय सिनेटर ज़ोन लु ले सो कार्यक्रमको औपचारिक उदघाटन गर्नुभएको थियो र अमेरिकी राष्ट्रीय गान ओपेरा गायीका एभोईल जोसेफले गाइन भने युनाईटेड नेशन्सका धार्मिक एवं योगा गुरू श्रीदिलीपकुमार थंकपानलेशंखधुनका साथ मंगलपाठ एवं शान्तीस्तोत्र मन्त्रोच्चारणगरी कार्यक्रम शुभारम्भ गरीएको थियो।

सो कार्यक्रममा उद्घाटन मन्तव्य दिंदै सिनेटर लु ले नेपाललाई विश्वसमुदाय सँग जोड्न यो र यस्तो कार्यक्रमले विशेष भुमीका खेलेको रआफुले पछिल्लो दशकदेखी नेपाली समाजको सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरूबारे चिन्ने र बुझ्ने मौकापाएको, जिपीकेफाउन्डेशनले अमेरीकामा सामाजिक कार्यहरूमा अग्रणी भुमीका निर्वाह गर्दै आएकोमा उच्च प्रशंसासमेत गर्नुभयो।यस्तै न्युयोर्कक्वीन्सकी डिष्ट्रीक्ट एटोर्नी मेलीन्दा काजकी कम्युनिटी डाईरेक्टर रोकया अख्तरले कार्यक्रममा बोल्दै आजको यो कार्यक्रमको भेषभुसा रसंस्कृतीक विभीधताभीत्रको एकता देख्दा आफुलाई खुशी एवं आश्यर्चसमेत लागेको र यो विशेष संयोजनको लागी जिपी कोईरालाफाउन्डेशन अमेरिकालाई धन्यवाद दिनुभयो। कार्यक्रममा शुभकामना दिने क्रममा संयुक्त राष्ट्रका लागि विश्व जन परिषदकी अध्यक्षशेरिल कजानले बोल्दै जिपिके फाउण्डेशनले आज गरेको “मिनी युनाईटेड नेशन्स् फुड एन्ड म्युजीकल फेस्टीवल” नै हामी सबैलाई एउटाप्रेरणाको स्रोत भएको भन्दै आंफु कैंयौं कार्यक्रमहरुमा भाग लिएको स्मरण गराउॅंदै, आजको यो कार्यक्रम अति स्मरणिय र सानो संयुक्तराष्ट्र संघ यही छ, भन्नु भयो।

सो कार्यक्रमको संचालन फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले गर्नुभएको थियो भने सहसंचालीका को रूपमा पुजा कुँवर क्षेत्रीहुनुहुन्थ्यो।कार्यक्रमको शुभारम्भपुर्व अध्यक्ष घिमीरेले कार्यक्रमको उद्देश्य र महत्ववारे प्रष्ट पार्दै (Unity in Diversity brings peace, prosperity and progress)विविधतामा एकताले शान्ति, समृद्धि र प्रगति ल्याउँछ भन्नु भयो।

उक्त कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथीको रूपमा न्युयोर्क राज्यका गभर्नर र न्युयोर्कका मेयरलाई आमन्त्रित गरीएको तरवहाँहरूको कार्यव्यस्तताले वहाँहरुका प्रतिनिधि अधिकृतहरू क्रमशःन्युयोर्क राज्यका गभर्नर कार्यालयकी एसियन एफियर्स निर्देशकएलियन फेन, न्युयोर्कका मेयर ऐरिक अडाम्सको कार्यालयकी साउथ ऐसियन कम्युनिटी डाईरेक्टर सुकरेन धनपथ, न्युयोर्कका मेयरऐरिक अडाम्सको मानव अधिकार कार्यालयकी डाईरेक्टर फ्लोरा फ्रगं उपस्थित भै वहाँहरूको तर्फवाट कार्यक्रम सफलताको शुभकामनाव्यक्त गर्नुभएको थियो। यसैगरी कार्यक्रममा न्युयोर्क क्विन्सकी सिभिल कोर्टकी न्यायाधीश आन्ड्रीया सोवीता वोग्ले, न्युयोर्कसिटीकी काउन्सीलमेम्बर जुली वन र न्युयोर्क राज्यका ऐसेम्ब्ली मेम्बर स्टेभन रागाको पनी उपस्थिति रहेको थियो र वॅंहाहरुले बोल्दै आ-आफ्नोशुभकामना प्रकट गर्नु भएको थियो।नेपालका पुर्व सांसद विजुल विश्वकर्मा, नेपाल बार एशोशीएसनका पुर्व अध्यक्ष एवं प्राध्यापक तथाबरीष्ठ कानुनविद शेर बहादुर केशी, नेपाल भिजनका अध्यक्ष मोहन श्रेष्ठ, तामांग समाज अमेरिकाकी अध्यक्ष विनीता तामांग, तमुपरिवार न्युयोर्क अमेरिकाकी अध्यक्ष मनीता गुरूंग, युनाईटेड शेर्पा एसोसिएशनका पुर्व अध्यक्ष उर्गेन शेर्पा, नेपाल क्लाईम्वर्सएशोसिएसनका अध्यक्ष पासांग निमा शेर्पा, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार, नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष द्वय ऐटना कार्की र बिमल डांगी, महासचिव संगीता थापा, भुटानिज ऐसोसियसन अफ ऐक्रोन ओहायोका अध्यक्ष मनोरथ खनाल, क्वीन्स् टुगेदरका संस्थापक अध्यक्ष जोनाथन फोर्गास, कोलीएसन अफ एशीएन अमेरीकन फरसिभिल राईट्सका संस्थापक अध्यक्ष ऐन्डी चान, वाल स्ट्रीट न्युज ऐजेन्सीका अध्यक्ष एंव २०२३ मिस एसियन पिजेन्टका चेयरमेनयुजियागं मिन, नाभाका संस्थापक अध्यक्ष र अमेरिकी डेमाक्र्याट राजनीतिज्ञ दिलिप नाथ, आवर कलेक्टिभका संस्थापक डा. लियगं यिगं, रेडकमका अध्यक्ष डा. राफायल वलुसा र संस्थापक डा. डेवी ओलुसा, स्पेनकी राष्ट्रीयअभिनेत्री, रेडियो, टिभी होस्ट, कार्यक्रम निर्माता एंव ब्रान्ड एम्बेसेडर सुश्री जोसेन एस्पिनल, अन्तर्राष्ट्रिय गायक रोनाल्डो आवय र मोरंगसमाज अमेरिकाका प्रतिनिधीहरु बुध्द पौंडेल, हेमु ओझा, सीता ओझा, ससांग ओझा, लोक बि कार्की, मणि पोखरेल, रोशन कँडेल, रुद्रराउत, सुशीला पौडेल, बबिना पौडेल, ब्रायना पौडेल, बिजेश पौडेल, फधिरा अधिकारी, मुना पाख्रेल र रमा अधिकारी, ऐसियन अमेरिकनकल्चरल डान्सकी कार्यकारी निर्देशक किट्टी लिन, ईन्टरनेशनल पुलीस एण्ड भेटेरन्स फाउण्डेशनका अध्यक्ष माईकल चेउगं, मिनी नेपालटिभी अमेरिककी संस्थापक अध्यक्ष एंव २०२३ मिस एसियन पिजेन्टका मेडिया संयोजक सुनीता शर्मा कोईराला, मकैंहाउस मेडियाका संस्थापक कार्यकारी निर्देशक एंव नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष बिक्की पुलामी लगायतको उपस्थिती रहेको थियो भने मिसईमिग्रेन्ट अमेरिकाकी संस्थापक मेगदालेना कुलिज र वॅंहाको संस्थावाट ७ वटा विभिन्न देशको राष्ट्रिय पोशाक पहिरन सहित उपस्थितहुनु भएको थियो। यसै क्रममा न्युयोर्क सिटी मेयरको कार्यालयबाट मेन्टल हेल्थ सम्बंधी जानकारीमुलक सुचना टेबल राखेर मित्सु पुरी, जियाङ वाङ र दीपक चौधरीले मेन्टल हेल्थ सम्बंधी उपस्थित सबैलाई सूचना प्रवाह गर्नु भएको थियो।

नेपालीहरुका ज्याक्सन हाईट्सका मेयर केशवराम राई, डिजिटल ब्रिजेज्स फर नेपालका संस्थापक अध्यक्ष सर ऐडमन्ट ऐन्टईन, समाजसेवीहरू जपनित सिंह, श्याम कार्की, वीरेन्द्र मानन्धर, एनआरएन नेता एवंअभियन्ताहरू रामहरी अधिकारी, दुर्गेशजंग कार्की, निल त्रिवेदी, शिव वाँनीया, यम अधिकारी, विजय थुलुंग, राजु रौनीयार, मीन खड्का, वरिष्ट कलाकारहरू क्रमश: राज कपुर, गोविन्द राई, शंकर विसी र सपनाश्री साथै लोकप्रिय नेपाली लोक गायक कलाकारद्वय विमलडांगी र संगीता थापा मगर लगायतको उपस्थित रहेको थियो।

नेपाली अमेरिकन कलाकार संघकी वरिष्ट उपाध्यक्ष वसन्ती राई र वरिष्ट नृत्य निर्देशक गोबिन्द राई को नेपाली नृत्य उतकृष्ट भएको भन्दैसबैले प्रशंसा गरेका थिए भने आजको कार्यक्रममा ११ राष्ट्रका कलाकारहरुले आ-आफ्नो देशको सांस्कृतिक नृत्य र गायन प्रदर्शनगरेका थिए भने फिलिपिन्सको सांस्कृतिक नृत्य र सांगीतिक बाजा एक नम्बरमा छनौट भएको थियो भने लोकप्रिय लोग गायककलाकारद्वय विमल डांगी र संगीता थापाको लोक गीतले उपस्थित सबैलाई नचाएको थियो भने ओहायो बाट १० घण्टाको सवार गरेरउपस्थित भई युवा गायक निलम खनालको गितले हामी सबैलाई भावनामा डुब्न बाध्य बनायो र कोरियन गायक मेरी सियोगं रअन्तराष्ट्रिय गायक फरनान्दोले पनि मीठो स्वरले सबैलाई ध्यानाकर्षण गराएका थिए भने युवा कलाकार अन्शु खतिवडाको नृत्यले पनिसबैलाई आकर्षित बनायो। यस कार्यक्रममा नेपाल, भारत, बंगलादेश, चिन, कोरिया, फिलिपिन्स, अजरबैजान, दक्षिण अफ्रिका, जापान, भुटान र स्पेनका कलाकारहरुले आ-आफ्नै राष्ट्रको सांस्कृतिक प्रदर्शन गर्नु भएको थियो।

यसै कार्यक्रममा बिभिन्न समुदायको समाजका अग्रणीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। यसैगरी स्वयंसेवकको रूपमाफाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामासहित, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री र रेखाश्रेष्ठका अलबा फाउन्डेशनका सदस्यहरू शेखर कार्की, टेक बहादुर कार्की, राजीब बतास, महेन्द्र थापा,तेजेन बुढामगर, सांग्तेम्बा शेर्पा, निलम खनाल खाना एवं लाईन व्यवस्थापन, बार्विक्यु तयारपार्ने, मंच ब्यवस्थापन, सरसफाई तथा अत्यावश्यक सामाग्रीको उचीतचाँजोपाँजोमा कार्यक्रम अबधीभर खटीनुभएको थियो।

सो कार्यक्रमका आयोजकसंस्थाहरु मध्येका क्वीन्स टुगेदरका प्रमुख जोनाथन फार्गोस्ले विशेष खानाको प्रायोजन गरी ५ वटा देशकोविभिन्न खाना परिकारहरुको स्वाद चखाउॅंदै छुट्टै स्टल राख्नुभै स्वयं खटीएर पाहुनाहरूलाई खाना व्यवस्थापन गर्नुभएको थियोभने, अर्काआयोजक संस्था मोरंग समाज अमेरीकाका अध्यक्ष्य बुद्द पौडेलले पाल, चीसो पेय पदार्थ एवं वार्वीक्यु कोईला लगायत ख़ानासामाग्रीव्यवस्थापन गरी कार्यक्रम अबधीभर कार्यक्रम स्थलमा खटीनुभएको थीयो।

करीब ७ घन्टासम्म स्वादिष्ट खाद्य परीकारसहीत सांगीतीक माहोलबाट मंन्त्रमुग्ध सो कार्यक्रममा १८ औं पटक गीनीज बुकमा नामलेखांकन सफल पार्कर खेलाडी दिनेश सुनारले यस कार्यक्रम स्थल क्विन्सब्रिज पार्कमै थप अर्को रेकर्ड राख्नलाई आफ्नो दमदारप्रस्तुति गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित ११ वटा राष्ट्रका सम्पूर्ण अतिथिहरु एवं पाहुनागण सबैमा हार्दिक धन्यवाद टक्र्याउँदै फाउन्डेशनका प्रवक्तारामचन्द्र अधिकारीले आयोजक संस्थाहरूको तर्फवाट कार्यक्रम पुर्ण रुपमा सफल पारीदिने सबैमा आभार एवं धन्यवाद व्यक्त गर्दैकार्यक्रमको औपचारिक समाप्तिको घोषणा गरीएको थियो

प्रतिक्रिया