एनआरएनए भर्जिनियाको अध्यक्ष पदमा क्रियाशील युवा बिशाल कार्की बिजयी

इनेप्लिज २०८० साउन ८ गते २२:३८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा विगत एक दशक देखि बस्दै आएका क्रियाशील युवा बिशाल कार्की एनआरएनए भर्जिनियाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

कार्कीले २०३ मत ल्याई बिजयी भएका हुन् । यसै गरि उनका प्रतिद्वन्दी विजय बगालेको ६१ मत ल्याएका छन् । गत जुलाई २३ आइतबारका दिन दिउसो निर्वाचन नतिजा प्रकाशित गर्ने भन्ने निर्वाचन आयोगले जनाएता पनि आज बिहान जुलाई २४ सोमबारका दिन झिसमिसे(कुखुराको डाक )मा निर्वाचन नतिजा प्रकाशित गर्दा कार्की अध्यक्ष पदमा बिजयी हुनुको साथै उनका समूहका साथीहरु पनि निर्वाचित भएका छन् ।

भर्जिनिया शाखाका अन्य पदहरुमा पहिले नै निर्विरोध निर्वाचित भै सकेका थिए । यसैगरी उपाध्यक्षमा अर्जुनध्वज खड्का, सचिवमा गेहेन्द्र पोखरेल, युवा संयोजकमा अभिजित राई, महिला संयोजकमा लता घिमिरे, संचालक समिति सदस्यमा अनिल भट्टराई र रामहरि भण्डारी पनि निर्वाचित भएका छन ।

युवा पुस्ताको जोस, जाँगर र सिर्जनात्मक चेतका साथ सामुहिक सहभागिता सहित संस्थाको नेतृत्वमा रहेर काम गर्ने उर्जाशील मन र उमेरसहित आफू यस पटक भर्जिनिया शाखाअध्यक्ष पद (२०२३- २०२५ ) का लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका कार्कीलाई समुदायले समर्थन गरे ।

उनले उम्मेदवारी घोषणा गर्दा एनआरएन हामी सबै गैर–आवासीय नेपालीहरूको साझा संस्था र मातृभूमिसंग जोड्ने एउटा पवित्र अभियान हो । यसैको निरन्तरको पहल, दवाव र सहभागिताका कारण नेपालको संविधानमा नै गैर आवासीय नेपालीहरूलाई नागरिकता दिने गरी व्यवस्था हुन सक्यो र त्यसैको आधारमा अहिले कानुनसमेत बनिसकेको अवस्था छ भनि आफ्ना भनाई स्पष्ट राखेका थिए ।

उनले जुलाई ८ शनिबारका आफ्ना प्रतिवद्धता र कार्ययोजनाहरु सार्वजनिक गरेका थिए । उनका सार्वजनिक भएका प्रतिवद्धता र कार्ययोजनाहरुमा युवाहरूका बीच व्यक्तिगत र व्यवसायीक नेटवर्क बढाउन युवा केन्द्रित कार्यक्रमहरू जस्तै खेलकूद, मनोरञ्जन तथा विभिन्न सीप विकास सम्बन्धि तालिम, गोष्ठी, आदि कार्यक्रमहरूमा सहजीकरण गर्ने ,भर्जिनियाका स्थानीय काउन्टीहरूसँग समन्वय गरी नेपाली समूदायको वृत्ति विकासमा सहयोग जुटाउने , भर्जिनीयाका नेपाली समुदायका घर परिवारमा आईपर्ने आपत विपद्को अवस्थामा आवश्यक पर्ने मानवीय सहयोगहरु जुटाउन तथा ब्यवस्थापनको लागी शसक्त नेतृत्वदायी भुमिका रहने छ भन्दै १३ वटा कार्ययोजनाहरु घोषणा गरेका थिए ।

उनि र उनका टोलीलाई ईनेप्लिज परिवारको तर्फबाट हार्दिक शुभकामना !

प्रतिक्रिया