अमेरिकी मेगा मिलियन चिठ्ठा कसैलाई नपरेकोले अवको बिजेताले ८२० मिलियन डलर हात पार्ने छन ।
गत शुक्रवार खोलिएको चिठ्ठामा ६ वटै अॅक कसैले नमिलाए पछि रकम बृद्धी भै ८२० मिलियन अर्थात ८२ करोड डलर पुगेको हो।
यो चिठ्ठा अव मंगलबार खोलिने छ ।
मंगलबारको चिठ्ठा(ज्याकपोट) सम्भवतः खेलको इतिहासमा पाँचौं ठूलो हुने मेगा मिलियन्सले शनिबार बिहान एक विज्ञप्तिमा जनाएको छ ।
शुक्रबार खोलिएको चिठ्ठाको अॅकहरु २९,४०,४७,५०,५७ सेतो गोली तथा मेगा बल अर्थात रातो गोली( बल) २५ अॅक रहेका थिए।
प्रतिक्रिया