जनताको सुख, सुविधाका लागि सबैले मिलेर कार्य गर्नुपर्छ– युवा तथा खेलकूद मन्त्री लिम्बु

इनेप्लिज २०८० साउन ५ गते २२:२३ मा प्रकाशित

विराटनगर,५ साउन । सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपाली जनतालाई सुख, सुविधा तथा सेवा उपलव्ध गराउन हामीसबैले मिलेर कार्य गर्नुपर्ने बताउनु भयो ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा रु ५१ हजार राशीको राष्ट्रिय भाषा पुरस्कारबाट सनत रेग्मी र रु २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कारवाट अनन्तराज न्यौपानेलाई सम्मानित गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले जनतालाई विकासको अनुभूति गराउन सर्जक एवं पत्रकारहरुले कलमको माध्यमवाट राजनीतिकर्मीलाई मार्गचित्र देखाउन आग्रह गर्नु भयो ।

मन्त्री लिम्बुले प्रतिष्ठानले युवा, महिला तथा मजदुरकाहरुको लागुपदार्थ दुव्र्यसनी अन्त्य, शिप ,स्वरोजगार एवं चेतनावृद्धि गर्ने कार्यमा अन्य सङ्घसंस्थाको सहकार्यमा गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले वर्तमान सरकारले न्यूनतम साझा सहमतीको आधारमा मुलुकमा सुशासन हुने विभिन्न कार्य गरिरहेको विचार व्यक्त्त गर्नु भयो ।

मन्त्री लिम्बुले मुलुकको समृद्धिका लागि राजनीतिक क्षेत्रको सुदुढीकरण आजको आवश्यक्त्ता भएकोले यसका लागि सञ्चारकर्मीले कलम चलाउन पर्ने बताउनु भयो ।

सङ्घीय सांसद ऋषिकेश पोखरेल र प्रदेश सभा सदस्य केदार कार्कीले प्रजातन्त्र र लोकतन्त्र स्थापनामा साहित्यकार एवं सञ्चारकर्मीहरुको ठूलो भूमिका खेलेको चर्चा गर्नु भयो ।

प्रतिष्ठानका अध्यक्ष शरदराज सुवेदी ,नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत,साहित्यकार गंगा सुवेदी,पुरस्कृतद्वयहरु रेग्मी र न्यौपानेले आगामी दिनमा साहित्य क्षेत्रको विकासका लागि विद्यालयस्तरमा विभिन्न गतिविधि गर्नुपर्ने विचार राखेका छन् ।

प्रतिक्रिया