नर्थक्योरोलाइनामा रहेको फाइजर कारखानामा घुम्रपात( टोर्नाडो)द्वारा व्यापक क्षति ,औषधी अभाव हुने सॅभावना

इनेप्लिज २०८० साउन ४ गते १६:५६ मा प्रकाशित

अमेरिकाको नर्थक्योरोलाइना राज्यमा रहेको फाइजर कारखानामा घुम्रपात( टोर्नाडो)ले व्यापक क्षति पुर्याए पछि दिर्घकालिन औषधी अभाव हुने सॅभावना रहेको सिविएस न्यूजले जनाएको छ ।

नर्थ क्यारोलाइनामा रहेको एउटा महत्त्वपूर्ण फाइजर फार्मास्युटिकल प्लान्ट( कारखाना)मा बुधवार एक शक्तिशाली घुम्रपातले यस क्षेत्रलाई तहस नहस गरे पछि कारखाना गम्भीर रूपमा क्षतिग्रस्त भएको छ ।

त्यहा उत्पादन हुने औषधीहरु सामान्यतया अमेरिकी अस्पतालहरूलाई ठूलो मात्रामा औषधि प्रदान गर्दै आएको छ भने यो क्षतीले ठूलो असर पार्ने बताईएको छ ।

कोही पनि घाइते नभएको र सबै कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको र लेखाजोखा गरिएको बताएको छ।

प्रतिक्रिया