६१ बर्षे नायक को एक्सन सिनेमा: मिसन इम्पसिबल- डेड रकनिङ्ग पार्ट वान

नवीन रायमाझी २०८० साउन ४ गते १:३४ मा प्रकाशित

अँग्रेजी एक्सन सिनेमा प्रेमी हरुको लागी अभिनेता टम क्रुज अत्यन्तै प्रिय नाम हो/ ६१ बर्ष को उमेर मा पनि उनले बिना कुनै “बडी डबल” गरेको जिउ नै सिरिङ्ग पार्ने एक्सन दृश्य को जति तारिफ गरे पनि कमै हुन्छ । उनै एक्सन नायक द्वारा अभिनित र क्रिस्टोफर मेकक्वेरी द्वारा निर्देशित मिसन इम्पसिबल फ्रेनचाइजी को सातौँ सिरिज ‘मिसन इम्पसिबल- डेड रकनिङ्ग पार्ट वान” बुधबार (१२ जुलाई) को दिन रिलिज भएको छ ।

सिनेमा को कथा अनुसार आइ एम एफ नामक सँस्थाको लागी इथन हन्ट (टम क्रुज) एउटा यस्तो अभियान मा निस्केका छन्, जुन अभियान असफल भयो भने सँसारका सबै देश हरुलाई ठुलो नकारात्मक असर पर्न सक्छ । साइबर सँसार मा असर गर्ने सक्ने अत्यन्तै शक्तिशाली हतियार भएको ए आइ (अर्टिफ़िसियल इण्टिलिजेन्स) लाई रोक्ने अभियान मा सोच्दै नसोचेका घटना हरु हुँदै जान्छन र इथन हन्ट त्यसलाई रोक्ने कोशिस गर्दै जान्छ । हन्ट को यो अभियान मा उनका सहयोगी हरु बेन्जी ड्न (साइमन पेग), लूथर स्टिकेल (भिङ्ग रेम्स ) र इल्सा (रेबेका फर्गुसन) ले कठिन समयमा उनलाई साथ् दिन्छन, तर इथन हन्ट यो अभियान मा सफल हुन्छन वा हुँदैनन् यो थाहा पाउन भने सिनेमा नै हेर्नुपर्छ।

जँहा सम्म अभिनय को बिषय छ नायक टम क्रुज मात्र सिनेमा को हर्ताकर्ता भएको कारण प्राय सबै कलाकार हरु क्रुज को छायाँ मा परेका छन् तर पनि सबै कलाकार हरुको अभिनय आफ्नो आफ्नो स्थान मा राम्रो छ र नायक क्रुज को अभिनय भन्दा पनि एक्सन दृश्य खतरनाक छ। करिब तिन घण्टा को सिनेमा मा निर्देशक मेकक्वेरी ले एरिक जेण्डर्सन सँग मिलेर लेखेको स्क्रिप्ट सलल बगेको छ र यसले दर्शक हरुलाई बाँधेर राख्न सक्छ । लोर्ने बार्फी को सङ्गीत, फ्रासर टागार को सिनेमोटोग्राफी, इड्डि हेमिल्टन को सम्पादन र रुडल्फ़ भर्भ को स्टन्ट सबै उत्कृष्ट छ । भर्भले आफ्ना सहयोगी हरु सँग गरेको एक्सन दृश जिउ नै सिरिङ्ग पार्ने खाल को छ, यद्वपी यी दृश हरुलाई अरु सुन्दर बनाउन कम्प्युटर द्वारा इस्पेसल इफेक्ट र भिज्युअल इफेक्ट को पनि सहायता लिइएको छ, जो आम दर्शक हरुलाई खासै मतलब हुँदैन । अबुधाबी को सुन्दर स्थान हरु लाई सिनेमोटोग्राफ़र हेमिल्टन ले बढो सुन्दर तरिका ले आफ्नो क्यामरा मा कैद गरेका छन्।

निर्देशक मेकक्वेरी ले नायक क्रुज सँग मिलेर “एक्शन-बेस्‍ड ब्लकबस्टर” सिनेमा को निर्माण गरेका छन् र सिनेमा को कथा जुन स्थान मा लगेर सकिएको छ त्यसले यो सिनेमा को कम्ति मा पनि दोश्रो भाग निर्माण हुन् सक्ने अनुमान लगाउन सकिन्छ । यदी तपाईं ले यो सिरिज को अघिल्लो छ सिरिज पनि हेर्नु भएको छ भने रमाइलो लाग्न सक्छ तर पहिलो पटक यो सिनेमा हेर्दै हुनुहुन्छ भने पंक्तिकार सिनेमा हेर्न सल्लाह दिदैन । यदी एक्सन दृश मात्र हेर्ने हो भने समय गएको पत्तो हुँदैन ।

@twitter#naviinr

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया