एनआरएनमा जन आकर्षण कम भैरहेको वेला किन मतदाताहरूलाई राजनैतिक आंखाले हेरिन्छ?

इनेप्लिज २०८० साउन ३ गते २२:३६ मा प्रकाशित

परशुराम भण्डारी, भर्जिनिया

एन आर एन अमेरिकाको निर्बाचन प्रचार प्रशारको समय अब अन्तिम अबस्थामा आई पुगेको छ । दुबै समुहका मित्रहरूमा निक्कै रस्सा कस्सी बढेको देखिन्छ । उमेद्ववार र नजिकका मित्रहरूबाट मतदाताहरुलाई फोन गरेर मत आफ्नो पक्षमा माग्ने क्रम पनि निरन्तर भइ रहेको छ ।

धेरै साथीहरुका फेसबुकका भित्ताहरू उमेद्ववारका तस्बीरहरूले भरिएका छन । एन आर एन सबैको साझा सस्था भनेर भनिए पनि एउटा एउटा समुहमा नेपाली समाज बिभाजन भएको छ । के यस्कै लागि बनेको हो त एन आर एन ?

मर्दा पर्दा यही समाज चाहिदैन ? नेपालमा त राजनैतिक दल प्रतिको नेपाली जनताहरुको आकर्षण कम भैरहेको वेला किन मतदाताहरूलाई राजनैतिक आंखाले हेरिन्छ?

एन आर एन को उमेद्ववारले नेपाली समुदायका हितमा गरेका काम भन्दा किन कुन बिचारले नजिक वा टाढा छ भनेर हेरिन्छ ? एन आर एन सस्था भनेको यहां रहेका नेपालीहरू नेपालमा रहदा यो दलको नजिक हो भनेर छुट्याउने कसी हो ?

दुइ बर्ष अगाडि जसरी यही रूपमा एन आर एन को निर्बाचन भएर हामीले ठूलो नोक्सान भोग्नु पर्यो । एन सि सि / आइ सि सि ४ चिरामा बिभक्त भयो । एकजना अभियन्ता प्रिय भाइ टेक्सास निबासी कृष्ण लामिछानेलाई गुमाऊनु पर्यो ।

बिजय प्राप्त गर्ने समुहमा अहंकार पराजयी समुहमा नैराश्यता देखियो । माथिको अलायन्सका कारण च्याप्टरहरुलाई पनि बिभाजित गराउने प्रयास हुदैछ । किन यस्तो हुदैछ ? च्याप्टरका सवालमा क्यालिफोर्निया देखि टेक्सास हुदै मेरिल्याण्ड न्यूयोर्कमा समेत त्यही रोग देखिएको छ ।

हामी नेपाली समाजलाई जुटाउन भनेर बोलि रहेका छौ , के यसरी नेपाली समाज जुट्छ ? किन हामी तपाईहरूलाई मन परेको , समाजका लागि काम गरेका उमेद्ववारहरूलाई मत दिनुस भनेर भन्दैनौ? हाम्रो उमेद्ववार त्यो हो जस्ले दुख परेको बेला नेपालीलाई सहयोग गरेको छ , सामुदायिक केन्द्रको अभियानमा उमेद्ववारको भूमिका आधारमा मत दिनुस भनेर किन भन्दैनौ ?

यही २२-२३ गते हुने निर्बाचनमा सक्षम र स्थानीय सोसाइटीमा गरेको कामलाई रिकोनाइज गर्ने समय हो यो भनेर किन भन्दैनौ? अध्यक्षका उमेद्ववारहरु डा अर्जुन वन्जाडे वा दिलू पराजुलीलाई प्राय सबै मतदाताहरुले चिनेकै छन ।

डा अर्जुन बन्जाडे बोर्ड अफ डायरेक्टर हुदै बरिष्ट उपाध्यक्ष भैसकेका , दिलूजी च्याप्टर अध्यक्ष हुदै उपाध्यक्ष हुनु भएका उमेद्ववारका बारेमा मतदाताहरूमा के भ्रम होला र ? त्यसै गरी महासचिवका उमेद्ववारहरुमा गोपेन्द्र भट्टराई बोर्ड अफ डायरेक्टर हुदै हालका उपाध्यक्ष, त्यसै गरी अर्का महासचिवका उमेद्ववार रामहरि अधिकारी दुइ पटक न्यूयोर्क च्याप्टर अध्यक्ष भएर दुइ बर्ष अगाडि उपाध्यक्षमा उप बिजेता बन्नु भयो ।

त्यसैगरी बरिष्ट उपाध्यक्ष उमेद्ववार अन्जन कुमार चौलागाई हालको महासचिव भै काम गर्नु भएका , त्यसै गरी अर्का बरिष्ट उपाध्यक्षका उमेद्ववार बिकास उप्रेती हालका उपाध्यक्षमा कार्यरत रहनु भएको छ । त्यसै गरी धेरै जसो उमेद्ववारहरु एक कार्यकाल काम गरेका च्याप्टरमा काम गरेका कारण पनि सबैका वीच परिचित नै हुनुहुन्छ ।

दुई समुहमा बिभाजन एन आर एन को यो निर्बाचनमा हालका उपाध्यक्ष डिलु पराजुली अध्यक्षका प्रत्याशी हुनुहुन्छ भने उहांका टिममा अधिकाश अहिलेको कार्यसमितिमा रहेकै हुनुहुन्छ भने डा अर्जुन बन्जाडेको टिम समावेशी देखिन्छ । टेक्सास निबासी एनएस्टीका पूर्ब अध्यक्ष तथा एन आर एन का उपाध्यक्ष सुमन थापाले डा बन्जाडेलाई नै साथ र सहयोग गरेका कारण बन्जाडे टिम आफू निर्बाचित हुने कुरामा ढुक्क हुनुहुन्छ।

त्यसै गरी डिलु पराजुलीको टिमको दाबी छ यो कार्य समितिले अत्यन्त महत्वपूर्ण काम गरेको कारण र आफ्नो नेतृत्वमा अत्यधिक सदस्यहरूले नबीकरण गरेका कारण आफ्नो समुह निर्बाचित हुने कुरामा ढुक्क हुनुहुन्छ । तर मतदाताहरु भने पुरै कुनै समुहका सबै सदस्यहरूलाई मात्रै मत दिने पक्षमा देखिनु हुन्न । मतदाताहरुको मत चै फरक छ “ जस्ले नेपाली अमेरिकन समुदायका लागि उल्लेखनीय काम गरेको छ उसैलाई मत धारणा राख्नु हुन्छ । आशा छ यो पटकको निर्बाचनमा दुबै समुहका असल उमेद्ववारहरुले बिजय हासिल गर्नु हुनेछ ।

दुइ अध्यक्षका उमेद्ववारलाई अग्रिम शुभकामना ।

प्रतिक्रिया