भर्मन्ट विश्वविद्यालयले विद्यार्थीसँग अनुपयुक्त सन्देश पठाएको अनुसन्धानपछि हकी प्रशिक्षकलाई बर्खास्त गरेको छ । विश्वविद्यालयले पुरुष हक्की मुख्य प्रशिक्षक टोड वुडक्रफ्टलाई मंगलबार बर्खास्त गरेको जनाएको छ ।
विश्वविद्यालयले “व्यावसायिक सीमाहरू कायम गर्न असफल भएका युभिएम प्रशिक्षकले विद्यार्थीसँग अनुपयुक्त सन्देशहरू” पठाए पछि गरिएको आन्तरिक अनुसन्धान पछि उनलाई बर्खास्त गरिएको खेलकुद निर्देशक जेफ शुल्म्यानले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
शुल्म्यानले सहायक प्रशिक्षक स्टिभ विडलरलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेका छन् ।
“युनिभर्सिटी अफ भर्मन्ट एथलेटिक विभागले हाम्रा प्रशिक्षकहरू र हाम्रो विभागमा संलग्न सबैको आचरणबाट उच्च अपेक्षाहरू राखेको छ,” शुल्म्यानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यस हप्ता पूरा भएको अनुसन्धानको निष्कर्षको समीक्षा पछि वुडक्रफ्ट ती अपेक्षाहरू पूरा गर्न असफल भए भनि बिज्ञप्तिमा जनाईएको छ ।
वुडक्रफ्टका वकिल एन्ड्र्यू मिल्टनबर्गले मंगलबार एक विज्ञप्ति जारी गर्दै बिश्वबिद्यालयको निर्णयको आलोचना गरेका छन् । “हामी आधारभूत निष्पक्षता र उचित प्रक्रियाको अभाव भएको प्रक्रिया र कार्यवाहीको निष्कर्षसँग कडा रूपमा असहमत छौं,” मिल्टनबर्गले भने।
विश्वविद्यालयको निर्णय तथ्य र कानुन विपरीत भएको हाम्रो दृढ विश्वास छ । हामी वुडक्रफ्टको लागि न्यायको लागि लड्ने जो दुई दशक भन्दा बढी समयदेखि उत्कृष्ट प्रशिक्षक र सामुदायिक वकालत गर्ने व्यक्ति हुन भनि बिज्ञप्तिमा जनाईएको छ ।
वुडक्रफ्टलाई २०२० को अप्रिलमा विश्वविद्यालयले नियुक्त गरेको थियो भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया