औषधि निर्माता जोन्सन एन्ड जोन्सनद्वारा औषधिको मूल्य निर्धारण नीतिलाई लिएर बाइडेन प्रशासनलाई मुद्दा

इनेप्लिज २०८० साउन ३ गते १:५५ मा प्रकाशित

औषधि निर्माता जोन्सन एन्ड जोन्सनले औषधिको मूल्य निर्धारण नीतिलाई लिएर बाइडेन प्रशासनलाई मुद्दा हालेको छ ।

औषधि निर्माता जोन्सन जोन्सनले मंगलबार बाइडेन प्रशासनलाई मुद्दा हालेको युपीआईले जनाएको छ । औषधि निर्माता जोन्सन एन्ड जोन्सनले मंगलबार न्यू जर्सी संघीय जिल्ला अदालतमा बाइडेन प्रशासनलाई मुद्रास्फीति घटाउने ऐनले अनिवार्य गरेको औषधि-मूल्य निर्धारण नीतिहरूको लागि मुद्दा हालेको हो ।

मुद्दामा न्यू जर्सी-आधारित औषधि निर्माताले मुद्रास्फीति न्यूनीकरण ऐनले उचित क्षतिपूर्ति बिना सरकारीले सम्पत्ति जफत गर्न अनुमति दिन्छ, यो पाँचौं संशोधनको उल्लङ्घन हो भनिएको छ ।

“आज, हामीले अमेरिकी स्वास्थ्य र मानव सेवा विभागका साथै मेडिकेयर र मेडिकेड सेवा केन्द्रहरू विरुद्ध मुद्रास्फीति न्यूनीकरण ऐन (आईआरए) को नवप्रवर्तन (इनोभेसन )हानिकारक औषधि मूल्य निर्धारण प्रावधानहरूलाई चुनौती दिन मुद्दा दायर गर्यौं,” विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया