गत शनिबार राती अर्थात् जुलाई १५ ,२०२३ का दिन अमेरिकी पावरबल नामक चिट्ठाको सबै अङ्क कसैले मिलाउन नसके पछि अबको महा भाग्यशाली बिजेताले अनुमानित ९०० मिलियन डलर (९० करोड डलर )हात पार्ने छन् । हामी जो कोही पनि महा भाग्यशाली बिजेता हुन् सक्ने छौ ।
बिजेताले लगभग कर सबै कटाएर नगद ४६५. १ मिलियन ( ४६ करोड डलर )हात पार्ने छन् ।
गत शनिबार कसैले पनि सबै ६ अङ्क पुरै नमिलाए पछि उक्त चिट्ठाको राशी ७२५ मिलियन डलरबाट वृद्धि भै अनुमानित ९०० मिलियन डलर पुगेको छ । आज सोमबार जुलाई १७ का दिन खुल्ने भएको छ । पावरबल व्यवस्थापनका अनुसार चिट्ठा बिजेताले कूल ८७५ मिलियन डलर पाउने छ भने जुन अहिले सम्मको इतिहासमै पावरबल चिट्ठाको तेश्रो ठूलो चिट्ठा हो ।
गत शनिबार खोलिएको चिट्ठाको अङ्क २,९, ४३,५५ ,५७ र रातो पावरबल १८ रहेका थिए । चिट्ठा व्यवस्थापनका अनुसार टेक्सस र कोलोराडोमा बेचिएका दुई टिकटहरूका खरिदकर्ताहरुले सबै पाँचवटा सेतो बल(डल्लो)हरूसँग मिलाएका थिए भने बिजेताहरुले १ मिलियन(१० लाख डलर) पुरस्कार जितेका छन् ।
एक भाग्यशाली बिजेताले नोभेम्बर ७ मा क्यालिफोर्नियामा २.०४ बिलियन डलरको सबैभन्दा ठूलो पावरबल पुरस्कार जितेका थिए ।
प्रतिक्रिया