गत वर्ष रुसले नियन्त्रणमा लिएका अमेरिकी लडाकु युक्रेन फर्किए

इनेप्लिज २०८० असार ३१ गते २१:५३ मा प्रकाशित

गत वर्ष रुसले नियन्त्रणमा लिएका अमेरिकी लडाकु युक्रेन फर्किएका छन् । एलेक्स ड्रुक नामक अमेरिकी लडाकुलाई गत वर्ष युक्रेनमा रुसी सेनाले पक्राउ गरेका थिए ।

पृथ्वीको सबैभन्दा खतरनाक ठाउँहरू मध्ये एकमा दुई महिनाको कैदमा परेका थिए । उनि युक्रेनको लागि युद्ध सहायता गर्न अलाबामा छोडेर युक्रेन पुगेको उनले एबिसी न्यूजसंगको एक अन्तर्वार्तामा बताए।

उनले मानवीय राहतमा मद्दत गरिरहेका छन्। युक्रेन मेरो लागि दोस्रो घर जस्तै हो, त्यसैले यो घर फेरि पाउँदा राम्रो लाग्छ भनि जवाफ दिए ।

उनि लड्न फिर्ता आएको हैन । उनी रुसी सीमारेखासँग धेरै नजिक हुन चाहँदैनन । मैले जीवनमा मेरो दोस्रो मौका पाएँको छु उनले भने । यदि म फेरि समातिए भने म गायब हुनेछु।

इराक युद्धमा सेवा गरि सकेका अमेरिकी पूर्व सेना ड्रुक गत गर्मी महिनामा विदेशी सेनाको एकाईमा सामेल भएका थिए । उनले हामीलाई यसरी यातना दिएका थिए की जुन मैले सोचे चलचित्रहरूमा मात्र हेरेको छु ,उनले अन्तर्वार्ता कै क्रममा भने ।

“यसले मलाई गहिरो असर गरेको छ,” उनले भने । एक महिना एकान्त कारागारमा र रुसको झ्यालखाना साढे दुई महिनासम्म मृत्युदण्डमा रहँदा स्वयमलाई सोच्न धेरै समय मिल्छ। मैले आफ्नो बारेमा धेरै कुरा सिकें। र ,मैले जीवनमा वैध रूपमा दोस्रो मौका पाएको महसुस गरें। म मृत्युबाट एक सेकेन्ड भन्दा कम टाढा थिए। म मेरो जीवनमा राम्रो काम गर्न चाहन्छु।”

उनको युक्रेन फर्कने निर्णयको बारेमा उनको परिवारले के सोचेको छ भनेर सोध्दा उनी भन्छन्, “मेरो धेरै साथीहरू र परिवार म फर्किँदैछु भनेर धेरै चिन्तित थिए।

प्रतिक्रिया