काठमाडाैँ,
टुक्का साहित्य समाजकाे आयाेजना २०८० असार २९ गते २१० ओैँ भानु जयन्ती विशेष टुक्का कविता लेखन श्रृङ्खला ४७ सम्पन्न भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विश्वभरिबाट ५८ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे । सहभागीहरूले भानु जयन्ती सम्बन्धी सुन्दर टुक्का कविताहरू सिर्जना गर्दै शुभकामना आदान प्रदान गरेकाे थिए ।
टुक्का साहित्य समाजले चाडपर्व उत्सव लगायत विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले वि.सं.१८७१ मा तनहुँकाे चुदी रम्घामा जन्मिएका भानुभक्त आचार्य नेपाली भाषाका प्रथम कवि हुन । उनले घाँसीकाे प्रेरणा पाएर सम्पूर्ण रामायण नै नेपाली सरल भाषामा अनुवाद गर्नुकाे साथै बधूशिक्षा, भक्तमाला लगायका थुप्रै कृतिहरू मार्फत नेपाली भाषा साहित्यमा ठुला याेगदान दिँदै आदिकविकाे उपाधि पाएका हुन । माेतिराम भट्टले भानुभक्तका कृतिहरू प्रकाशनमा ल्याएर उनलाई चिनाउने काम गरेका थिए । त्यसैले भानु जयन्तीकाे अवसरमा माेतिराम भट्टराई पनि बिर्सनु हुदैन भन्दै भानु जयन्तीकाे अवसरमा आयाेजित कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्य प्रति श्रद्धा सुमन व्यक्त गर्नु भएकाे थियाे ।
टुक्का कविता लेखन कार्यक्रममा सङ्कलन गरिएका भानु जयन्ती विशेष टुक्का कविताहरू
[१]
१.
साहित्यकाे महासागर भानु तिमी महान् थियाै
समाजलाई शिक्षा अनि ज्ञानकाे भण्डार दियाै ।
२.
भेदभाव विरुद्धमा पहिलाे आवाज उनकाे
समाजमा भुल्नु हुन्न भानुभक्तका ती गुनकाे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
१.
भानुभक्त मात्र एक हुन पहिलो प्रकाश ,
साहित्यका ताराहरुले भरिदिए अकाश।
२.
रातमा भयौ जून सरि दिनमा भयौ रवि,
कीर्ति राखेउ जगतमा बनेर आदिकवि।
✍️ अम्बिका गिरी
विराटनगर
[३]
१.
साहित्यिक क्षेत्र चम्काउने उनी एक मात्र थिए आदिकवि
उनको पुस्तक पढेर कविता लेख्दा बढ्दछ सबको छवि।
२.
महान् साहित्य स्रष्टाको जन्मजयन्ती सबैले मनाऔँ
श्रद्धासुमनका साथ कवितामा आफ्नो भाव खनाऔँ।
✍️ अर्जुन प्रसाद चौलागाई
रानेछाप, सुनापति-१,
हालः अमेरिका,बोस्टन।
[४]
१.
लेखनी मै बनाएका उनले उच्च छवि,
साहित्यका नक्षत्र भई बने आदिकवि।
२.
साहित्यलाई बनाएर अति नै सशक्त,
अमर भए आदिकवि प्रिय भानुभक्त।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ।
हाल: गोदावारी, ललितपुर।
[५]
१.
भानु जस्तै साहित्यकार याे धर्तिमा जन्म लिनु
अछुत गरिब दुखी सबैलाई नै न्याय दिनु ।
२.
भानुभक्तकाे जन्मदिन बिर्सनु हुन्न कसैले पनि
कामना छ साहित्यमा अर्काे भानुभक्त जन्म हाेस् भनी ।
✍️ भाेलामान बर्देवा
धरान ८, सुनसरी
[६]
१.
भानु जन्मेका थिए है तनहुँ जिल्ला
नेपालमा नै बनाए साहित्य किल्ला।
२.
काव्य विकासमा गरे ठूलो सामना
भानु जयन्तीको मेरो शुभकामना।
✍️ शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
[७]
१.
मुस्कान छरेर भावहरूको संवेदना रचिकन,
गुन्जिए रचना नेपाली घरमा खुशी पारेर मन।
२.
नेपाली जनमा खुशीका लहर कविता मै खनायौ,
सन्दर्भ रचना रसिला बहर पद्यात्मक बनायौ।
✍️ अच्युत घिमिरे
भुटानबाट 🇧🇹
[८]
१.
भानुभक्त थिए प्रखर समयका विद्या कला ती ज्ञानमा ,
संस्कृत रामायण श्लाेकबद्ध गरदै आफैँ रहे ध्यानमा।
२.
साहित्यको क्षेत्रमा अजर अमर बनाए छवि ,
समाजको माझ काव्य रसको भए छन् आदिकवि ।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[९]
१.
शिक्षा लिए घाँसी सँग र बढेछन् अगाडि,
दुनियाको मनमा बसे आफ्नो घर छाडी।
२.
उनले गरे वाल्मिकी रामायण अनुवाद पनि,
फैलिए संसारमा नै भानुभक्त आदिकवि बनी।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[१०]
१.
नेपाली साहित्यकाे तिमी हाै पुजारी
बधू शिक्षाले सचेत छाेरी बुहारी ।
२.
प्रेरणा दिँदै घाँसीले त्यही कुवा खनाए
भानुले साहित्यलाई हराभरा बनाए ।
✍️ रश्मि रिमाल
झापा
[११]
१.
साहित्यका धनी भानुभक्त नै हुन आदिकवि
बनाउ साहित्य जगतमा भानुको जस्तै छवि।
२.
कविता र काव्यरथका सारथी हुन भानु
भाषा र संस्कृति क्षेत्रका उनी नै थिए रानु।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[१२]
१.
आज भानु जयन्तीको शुभकामना दिन्छु,
आदिकवि भनेर सधैँ उनलाई चिन्छु।
२.
रामायण लेखेर असल कर्म गरे,
नेपालीमा उनी साहित्य सुगन्ध छरे।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[१३]
१
काव्य र कृति भानुका सृष्टि देशका सम्पत्ति,
गरेर रक्षा अनन्त काल रमाऔँ दम्पती ।
२
जयन्ती भानु आजको दिन हर्षले मनाऔँ,
साहित्य कला उचाली माथि सुन्दर बनाऔँ ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१४]
१.
गरेर सेवा साहित्यका भण्डार भर्ने देखाइदियाै बाटो,
सिर्जनाले नेपालीको नाम राख्ने अन्य कामकाे साटो ।
२.
भानु तिम्रो गुण मानेका छाै, छिन् नेपाल आमा खुसी ,
तिम्रै बाटो हिडेका छन् बनाउन साहित्यमा झुसी ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ
[१५]
१.
काम राम्रो गरेदेखि चिन्दो रहेछ लोक
हैन रहेछ धन पनि सधैँ सबै थोक ।
२.
पछिलाई केही होओस् गर्नु त्यस्तो काम
जन्मेपछि केही गरौँ राख्नलाई नाम ।
✍️ कृष्ण घिमिरे ‘उदार’
[१६]
१.
तनहुँ,रम्घा जन्मिए उनी भानुभक्त नाउँ,
उनको बाटो अवलम्बन गर्दै हामी जाऊँ।
२.
कति मिठो सुन्दर राेचक रामायण लेखे,
साहित्यकाे समृद्धिकाे सपना उनले देखे।
✍️ मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[१७]
१.
मीठो मीठो बोलुँ, यो समरमा सिकेर शब्द लेखुँ,
भन्दथे भानु गुनगुन गरि लयमा प्रेम देखुँ ।
२.
थपेर ज्ञान थोपा थोपा जलमा स्वरुप दिव्य देखुँ
मौरी तिमी भुनभुन गरेको बुझेर म शब्द लेखुँ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[१८]
१.
भानु हुन् सिकाउने साहित्यको ज्ञान
लेखेथे रामायण नै लगाई ध्यान ।
२.
घाँसीको उपदेश सुनेर ज्ञान लिएर
गराए सबैलाई सरलभाषा दिएर ।
✍️ दुर्गा भट्टराई
मोरङ
[१९]
१.
रामभक्त भानु हाम्रा भाषा धरोहर
आदर्शका वधुशिक्षा पढौँ बरोबर।
२.
लामखुट्टे उपियाका कुरा अजब
समेटिए काव्यबिच बडो गजब।
✍️ महेन्द्र मान बलामी
काठमाडाैँ
[२०]
धेरै लेखाई विधामा कलम चलाए बने आदिकवि भानुभक्त
चुंदी रम्घा तनहुँमा जन्मेका हुन नेपाली भाषाका कलमभक्त ।
✍️ चुडामणी देबकोटा
चनपा १३, काठमाडौँ
[२१]
१.
नेपाली भाषालाई भावमय रुप दिने तिनै पहिलाे कवि
अठारसय एकहत्तर आजकै दिन ती उदाएका रवि।
२.
साहित्यिक क्षेत्रमा प्रेरणा दिने तिनै भानु थिए
अनेकौँ लेख लेखी साहित्यकाे भण्डार भरिदिए।
✍️ काेपिला अधिकारी
सिरानचाेक ७, गाेरखा
[२२]
१.
गहन भाव छर्न सक्ने शृङ्खलाबद्ध मन
सहृदयी भएमा हुनेछ है बलियो धन ।
२.
साहित्यमा भानुको छुट्टै थियो शान
आदिकविको सधैँ सम्झना सम्मान ।
✍️ प्रेम थापा ‘मन’
बागलुङ
[२३]
१.
नेपाली पनमा रामायण लेखे कत्ति नमानी धक,
अमर छन् भानु यो जगतमा यी कृति रहदा तक !
२.
भानुभक्त नेपाली मात्रका आदिकवि साहित्यका ज्योति,
यिनका कृति ती प्रकाश भर्ने चम्किलो तारा हुन मोती ।
✍️ बिबस पारदर्शी
झापा
[२४]
१.
काँडा झैँ बिझ्दा भया,भानुभक्तलाई घाँसिका शब्दहरू
सोच्न थाले मनैमन उनले,नाम राख्ने, के काम अरू ।
२.
सम्झन्छन् तिमीलाई जनले, रामायण पाठ गरी
नेपाली कविता विधाको तिमी हौ,जन्मदाता सरी।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[२५]
चराले गाए उठ हे भानु हामी झैँ गाऊ
रुखले बोले शीतल खान हामीमा आऊ।
✍️ शुदर्शन शर्मा
[२६]
होइनौ भनेर आदिकवि म कसरी मानु
रामायणको उल्था गर्ने तिमी नै त हौ भानु।
✍️ अरूण खड्का
काठमाडौँ
[२७]
१.
साहित्यमा योगदान दिई भानु तिमी गयौ
विशाल नेपाली साहित्यका आदिकवि भयौ ।
२.
प्रश्नोत्तर बधूशिक्षा जस्ता कृति रच्यौ कयौँ
मनाउन पाइयोस् भानु तिम्रो जयन्ती सयौँ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
[२८]
१.
सबै नेपालीले बिर्सनै न हुने नाम हो भानु
नेपाली साहित्य आकाशका न अस्ताउने रानु ।
२.
साहित्यकाे गहनामा नै बनेकाे छाैँ नम्बरी सुन
कहिल्यै बिर्सदैनाैँ भानु तिमीले लगाएकाे गुन।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौँ
[२९]
आकाशका चम्किला जून, उनी भानु थिए
नेपाली भाषीलाई साहित्य उपहार दिए ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।
[३०]
१.
कहलिएका एसियाका भानुभक्त घाँसी
झुल्किन्छ घाम बिहानै हिमालयमा हाँसी ।
२.
भानु भक्त नै साहित्यका आदिकवि हुन ज्याेति
उनी एसियाकै चम्किलो तारा हुन हिरा माेती ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
[३१]
१.
धाँसीबाट लिएर प्रेरणा उचो सु-कीर्तिमाथि जब ,
भानुभक्त भनेर लोक भरमा ख्याती कमाए तब ।
२.
लेखे राम चरितलाई सहजै आदर्श रामायण
भाषा एक बन्यो मुखाग्र सबमा मिठासले तत्क्षण ।
✍️ रामजी लामिछाने
पोखरा
[३२]
१.
भानु नै हुन् सिकाउने नेपालीमा ज्ञान
नाम कमाए गरेर साहित्यको ध्यान ।
२.
गरिबको अर्ती सुनी ज्ञान लिने भानु
साहित्यको सेवा गर्दै चुँदी रम्घा जानू ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौँ
[३३]
१.
रहर हाेला आमालाई जन्माउने तिमी जस्ताे कवि,
परिश्रमले बन्यौ नेपाली साहित्यमा अमिट छवि।
२.
तिमी जस्तै ज्ञानी अनि ध्यानी भानुभक्त जन्मिए देखी,
सबैकाे दिल दिमागमा बस्न सक्याै अमर कृति लेखि।
✍️ पुष्पा राई
बादेल, खाेटाङ
[३४]
१
साहित्यमा नक्षत्र भै उदायाै आदिकवि
नेपाली भाषाकाे क्षेत्रमा बनायाै राम्राे छवि।
२
फुरकर कविता,काव्य र महाकाव्य कसरी लेख्याै
यति ठुलाे ज्ञानकाे भण्डार भन तिमीले कहाँ देख्याै।
✍️ भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[३५]
१.
नेपालका आदिकवि साहित्यका धरोहर
समाजमा ज्ञान छरे सबैलाई बरोबर ।
२.
जगत् मा नभए पनि हृदयका अनुरक्त
अजर छन् समाजमा आदिकवि भानुभक्त ।
✍️ बाबुराम गौतम
गुल्मी
[३६]
१.
भानुका कविता मीठा र उत्कृष्ट मनोहर
भाव प्रज्ञा सजाएर लेख्छन् अतुल्य सुन्दर।
२.
प्रतिष्ठा नै देशको राखे कवितामा उज्जर
प्रतिभाका धनी भानु लेख्छन् गरेर जाँगर।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[३७]
१.
भानुभक्तले गर्दा कृति र नाम चल्याे देशमा,
नेपालीमा फूल,फल फल्यो साहित्यको भेषमा ।
२.
सबैमा साहित्य लेख्न मन लागेर आउने,
जन जनको मुखबाट भानु गीत गाउने।
✍️ दुर्गा आचार्य
मोरङ
[३८]
१
नेपाली भाषाका कवि भानु,
साहित्य फाँटमा बने छानु ।
२
भानुकाे साथ रामकाे गाथा ,
रसिलाे भाका भानुकाे माथा ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[३९]
नेपालीमा कविता लेख्न सिकायौ
आफूलाई पनि जगत चिनायौ ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ वजार ।
[४०]
नेपाली कुन पो छैन, महाज्ञानी र भारवि
घाँसीको प्रेरणा पाई, भानुभक्त बने कवि।
✍️ रामशरण न्यौपाने
भक्तपुर।
[४१]
१.
रामायण, बधूशिक्षा हामीलाई गरायाै ज्ञान बाेध
साहित्य सिर्जना के हाे सिक्नु छ भने भानुलाई साेध।
२.
नेपाली साहित्यकाे ज्यूँदाे हाै भानु तिमी इतिहास
उत्साह र उत्प्रेरणा दिने हामी नेपालीका खास ।
✍️ एस वि प्रगति
बतासे, पाल्पा
[४२]
१.
लेख्छु गीत आज भानु भक्त र गुरु सम्झिएर
अमर कीर्ति राख्यौ घाँसीको सत् बुद्धि पिएर ।
२.
महान् काम गर्याै तिमीले रामायण उल्था गरी
बिर्सिदैनौ नेपालीले भानुभक्त जीवन भरी ।
✍️ तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
[४३]
१.
साहित्यका हाेनहार आदिकवि,
उनीमा थियाे अनेकौं सच्चा छवि।
२.
भानुकाे बुझ्नुपर्छ हामीले साहित्यकाे भावना,
भानुभक्त जयन्तीको सम्पूर्णमा शुभकामना।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[४४]
१.
तनहुँ रम्घामा झुल्किएकाे न्यानाे घामले
घटघटमा बाल्याे ज्याेति श्रीरामकाे नामले ।
२.
प्रेरणाकाे श्राेत बन्नु पनि ठुलाे कुराे रहेछ
यसैले हेर भानु सँगै घाँसी अमर भएछ ।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम (भारत )
[४५]
हामी पनि बन्ने काेसिस गराैँ साहित्यमा धनी भानुभक्त जस्ताे
अहाे! दुई सय दश वर्षसम्म पनि उनकाे महिमा छ कस्ताे।
✍️ भेष कुमारी चापागाईँ (लामिछाने )
देवदह ५, खैरेनी रुपन्देही
[४६]
१.
भानुभक्त आचार्य कुलका
आदिकवि नेपाली मूलका ।
२.
भक्तमाला रामगीता लेखिदिए बधूशिक्षा
रामायण भाव मिठाे हामीलाई दिए दीक्षा ।
✍️ निरज काेइराला
इटहरी
[४७]
भानुभक्त भनि साहित्यमा विश्वव्यापी चिनायाे
घाँसीकाे जीवनी लेखेर नै पुण्य आत्मा सिकायाे ।
२.
संस्कृतकाे उत्थान गर्ने सबैले भन्छाैँ भानुभक्त कवि
मरिगए पनि सम्झिन्छाैँ उनले लेखेर छाेडेकाे छवि ।
✍️ एवाइ प्रभात
सहिदभूमि ३, छेन्ताङ धनकुटा
हाल: माेरङ
[४८]
कल्प कल्प गरि भयो संसार ज्ञानु
घनिघसाइ भए जगत् सारा भानु।
✍️ डिल्ली राज घिमिरे
भूमिकास्थान ९, अर्घाखाँची
[४९]
१.
घाँसीकाे कुराले उनमा पलायाे चेत
चढाए भाषा भण्डार रामायण भेट ।
२.
साहित्य उत्थान गर्न उदाएका रवि
नेपाली साहित्य जगत्का ती आदिकवि ।
✍️ कृष्ण कुमार वैद्य
बनेपा ९, काभ्रे
[५०]
१.
कवि गुरु भानुभक्त थिए ती रसिला
नेपालीलाई कलमले पारे कसिला।
२.
दरिद्र थियो त्याे घाँसी तर वुद्धिनाथ
बनायो भानुलाई कविहरूको माथ ।
✍️ पदमा पाण्डे
पथरी, माेरङ्ग
[५१]
१.
घाँसीले जस्ताे प्रेरणा दिए
भानुले पनि दृढता लिए ।
२.
मोतीराम जन्मे चिनाए भानु,
उनी भन्दा मोती देखिए सानु।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[५२]
१.
वर्णन गरेर कहाँ सकिन्छ भानु जस्तो कवि
सबैले बनाउनु पर्छ साहित्यमा अझै छवि।
२.
साहित्यको जन्म दाता हुन हाम्रो देशको भानु
उहाँको कृतिको सम्मान हरेकले गर्दै जानु।
✍️ शंकर कार्की
थाहा नगरपालिका ३, मकवानपुर
[५३]
१.
लेख्यौ सुन्दर छन्दमा अति मिठा प्यारा कथा रामका
उल्था मात्र कहाँ दियौ विविधता छाड्यौ कुरा कामका ।
२.
प्यारा अग्रज रामभक्त लिनुहोस् यी शब्दका तर्पण
श्रद्धासाथ चढाउँदैछु म यहाँ पुष्पाञ्जली अर्पण ।
✍️ चूडा निर्भिक
हालः काठमाण्डौँ
[५४]
हामी भानु जयन्ती मिलेर मनाऊँ,
श्रद्धा सुमनमा उपस्थिति जनाऊँ।
✍️ सुशीला पाैडेल
[५५]
१.
साहित्यकार हामी भानु जस्तै महान् कवि बनेर देखाऊँ,
मरेर पछि कृर्ति रहन्छ र इतिहासमा नाम लेखाऊँ।
२.
कति सङ्घर्ष गरे होलान् घाँसीको मिठो गीत सुनेर,
नेपाली कथामा रामायण लेखे पुजा गर्छन् चुनेर।
✍️ कमला पाण्डे पराजुली
झापा
[५६]
१.
ए भानु तिम्रो महिमा अपार
पुजिन्छ तिम्रै कृति बार बार ।
२
श्रीकृष्ण बाजे गुरु विज्ञ राम्रा
सदैव बाँच्छन् कवि भानु हाम्रा ।
✍️ इन्दिरा प्रयास
[५७]
१.
साहित्यिक जगतमा, चम्किला तारा भएर उदायौ भानु,
नेपाली भाषालाई ओत दिने तिमी नै थियौ दर्बिलो छानु।
२.
ज्ञान र विवेकमा प्रेरणाका श्रोत हुनसक्छ जो सुकै पनि,
गरिव घाँसीको विवेक भन्दा भानुलाई लागेन आफू धनी।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[५८]
१.
नेपाली राष्ट्रिय संस्कृतिका अग्र पहिचान
आदिकवि तिमी नेपाल भाषाका अभियान ।
२.
रामायणको उल्था तिम्रो पहिलो नामीमा
अनेक काव्य लेखेर छोड्यौ बीच हामीमा ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया