तिमी झुटो भए पनि वास्तविक छु म

विमल वावु अर्याल २०८० असार २७ गते ०:५३ मा प्रकाशित

तिमी झुटो भए पनि वास्तविक छु म
तिम्रो मायाको भोको अत्याधिक छु म

तिमी जाँहा जाऊ जती नै टाढा जाउ
पास नभए पनि सधैं तिम्रो नजिक छु म

खातै खात विश्वाश घातहरु भोगेको छु
अरु सँग बेठिक तिमी सँग त ठीक छु म

थुङा थुङा यादहरुको माला बुनेको छु
प्रेमको सम्बन्धमा निकै नै मार्मिक छु म

अधुरा छन् कुनै सपना देख्न बाँकी छन्
पुरा हुन सक्छौ तिमी तर आंशिक छु म

-विमल वावु अर्याल 

प्रतिक्रिया