क्यालिफोर्निया विमानस्थलको छतमा सानो विमान दुर्घटना हुँदा भाग्यशाली बिमानचालकको ज्यान बच्यो

इनेप्लिज २०८० असार २६ गते ११:१० मा प्रकाशित

क्यालिफोर्नियाको लङ बिच विमानस्थलको छतमा सानो विमान दुर्घटना हुँदा बिमानचालकको ज्यान बचेको छ । सिएनएनका अनुसार लङ बिच विमानस्थलको भवनको छतमा विमान दुर्घटना हुँदा र छात नै छेड्दा सेस्नाका बिमानचालक (पाइलट)लाई सामान्य चोटपटक लागेको बताईएको छ ।

सेस्नाले विमानस्थल भित्र हवाईजहाजहरु राख्ने (ह्याङ्गर भवन)को छतबाट प्वाल पारेको र अड्किएको स्पष्ट रुपमा समाचारमा तस्बिरहरु प्रकाशित गरिएका छन् ।

संयोगवश त्यहाँ एक जना मात्र बिमानचालक र उनि मात्र जो एकमात्र यात्रु थिए । उनलाई भग्नावशेषबाट निकाल्नु परेको र उनलाई सामान्य चोटपटक लागेकोले उनलाई स्थानीय अस्पतालमा लगिएको अधिकारीहरूले भने।

घटना दिउँसो २:१८ बजे भएको बताइएको छ।

प्रतिक्रिया