एनआरएनए भर्जिनियाका लागि अध्यक्ष पदका उम्मेदवार बिशाल कार्की समूहको प्रतिवद्धता र कार्ययोजना सार्वजनिक

इनेप्लिज २०८० असार २३ गते १६:५७ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) भर्जिनिया शाखाका लागि अध्यक्ष पदका उम्मेदवार बिशाल कार्की तथा समूहले वाचा गरेका प्रतिवद्धता र कार्ययोजना सार्वजनिक गरेका छन् । उनले जुलाई ८ शनिबार उक्त प्रतिवद्धता र कार्ययोजना सार्वजनिक गरेका हुन् ।

उनले गत जुलाई ३ का दिन आफ्नो उम्मेदवारी घोषणा गर्दै अत्यन्तै उर्जाशील टिम(टोली)को नाम सहितको मनोनयन दर्ता गराएका थिए । युवा पुस्ताको जोस, जाँगर र सिर्जनात्मक चेतका साथ सामुहिक सहभागिता सहित संस्थाको नेतृत्वमा रहेर काम गर्ने उर्जाशील मन सहित भर्जिनिया च्याप्टर(शाखा)लाई दरिलो र उदाहरणीय बनाउने वाचाका गरे अनुसार आजै उनले सार्वजनिक गरेका छन ।

सार्वजनिक भएका प्रतिवद्धता र कार्ययोजनाहरुमा युवाहरूका बीच व्यक्तिगत र व्यवसायीक नेटवर्क बढाउन युवा केन्द्रित कार्यक्रमहरू जस्तै खेलकूद, मनोरञ्जन तथा विभिन्न सीप विकास सम्बन्धि तालिम, गोष्ठी, आदि कार्यक्रमहरूमा सहजीकरण गर्ने ,भर्जिनियाका स्थानीय काउन्टीहरूसँग समन्वय गरी नेपाली समूदायको वृत्ति विकासमा सहयोग जुटाउने , भर्जिनीयाका नेपाली समुदायका घर परिवारमा आईपर्ने आपत विपद्को अवस्थामा आवश्यक पर्ने मानवीय सहयोगहरु जुटाउन तथा ब्यवस्थापनको लागी शसक्त नेतृत्वदायी भुमिका रहने छ भन्दै १३ वटा कार्ययोजनाहरु घोषणा गरेका छन् ।

बिशाल कार्की समूहको प्रतिवद्धता र कार्ययोजनाहरुको पूर्ण पाठ जस्ताको त्यस्तै :

हाम्रा प्रतिवद्धता र कार्ययोजना :

भर्जिनियावासी आदरणीय नेपाली आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीहरूमा म विशाल कार्की अत्यन्तै उर्जाशिल टिमकासाथ NRNA NCC USA Virginia Chapter (2023-2025) को अध्यक्ष पदमा निम्न कार्यसमिति सदस्य सहित मनोनयन दर्ता गरेको यहाँहरूलाई जानकारी गराइसकेको छु। । युवा पुस्ताको जोस, जाँगर र सिर्जनात्मक चेतका साथ सामुहिक सहभागितासहित संस्थाको नेतृत्वमा रहेर काम गर्ने उर्जाशील मन र उमेरसहित हामी यस पटक भर्जिनिया च्याप्टरलाई दहृलो र उदाहरणीय बनाउने वाचाका साथ यहॅाहरू सबैको सहयोगको अपेक्षा राखेका छॅौ ।
हाम्रा प्रतिवद्धता र कार्ययोजना ।

(१) भर्जिनियामा रहेका युवाहरूका बीच व्यक्तिगत र व्यवसायीक नेटवर्क बढाउन युवा केन्द्रित कार्यक्रमहरू जस्तै खेलकूद, मनोरञ्जन तथा विभिन्न सीप विकास सम्बन्धि तालिम, गोष्ठी, आदि कार्यक्रमहरूमा सहजीकरण गर्ने ।
(२) स्थानीय सामाजिक संघसंस्थाहरूसँग समन्वय गरी नेपाली जातीय पहिचानसँग जोडिने विभिन्न सामाजिक, साँस्कृतिक तथा धार्मिक गतिविधिहरूमा संस्थागत सहयोग तथा सहभागिता जनाउने ।
(३) भर्जिनियाका तमाम नेपालीहरूको एक मात्र साझा संस्था नेपाली अमेरिकन सामूदायिक केन्द्र (NACC) को सामूदायिक भवन तथा मन्दिर निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सक्दो प्रयास गर्ने र आवस्कीय अन्य सहयोग गर्न।
(४) नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनको निम्ति यहाँ सक्रिय रहेका सम्बन्धित संघसंस्थाहरूसँग समन्वय गरी विशेष कार्यक्रमहरू संचालन गर्ने तथा भर्जिनियामा संचालित विभिन्न नेपाली भाषा पाठशालाहरूका लागि आवश्यक सरसहयोग जुटाउने ।
(५) विदेशमा आएपछि जेष्ठ नागरिकहरूमा देखिने एक्लो र निराश मनस्थितिबाट बाहिर निकाल्न आपसी भेटघाट तथा रमाइला कार्यक्रमको आयोजना गर्ने ।
(६) केन्द्रले निर्धारण गर्ने हरेक कार्यक्रमहरूलाई सक्रियताका साथ सफल गराउने ।
(७) भर्जिनियाका स्थानीय काउन्टीहरूसँग समन्वय गरी नेपाली समूदायको वृत्ति विकासमा सहयोग जुटाउने ।
(८) नेपाली समूदायमा यस संस्थाप्रति रहेको उदासिनतालाई हटाइ उत्साहपूर्ण मनोविज्ञानको विकास गरी हाम्रो निर्धारित कार्यकाल भित्र उल्लेख्य रूपमा सदस्यता संख्या वृद्धि गर्ने ।
(९) नेपालबाट स्थायी बसोबासका लागि अमेरिका आएका नवागन्तुक तथा विद्यार्थी भिसामा आएका युवाहरूलाई प्रारम्भिक चरणमा आवश्यक पर्ने विभिन्न प्राविधिक तथा प्रशासनिक प्रकृयामा प्रवेश गर्न आवश्यक सबै खाले सरसहयोग उपलब्ध गराउने ।
(१०) भर्जिनीयाका नेपाली समुदायका घर परिवारमा आईपर्ने आपत विपद्को अवस्थामा आवश्यक पर्ने मानवीय सहयोगहरु जुटाउन तथा ब्यवस्थापनको लागी शसक्त नेतृत्वदायी भुमिका रहने छ ।
(११) यहाँ स्थित स्वास्थ्यकर्मी तथा चिकित्सकहरूबाट संचालित विभिन्न निःशुल्क उपचार केन्द्रहरूलाई आवश्यक सबै खाले सरसहयोग जुटाउने । शारीरिक तथा मानसिक स्वास्थ्यको सुरक्षणका लागि विज्ञहरूसँग परामर्श गरी विभिन्न कार्यक्रमहरू संचालन गर्ने
(१२) भर्जिनीया च्याप्टरको तर्फवाट प्रत्यक्ष रुपमा मातृभुमि नेपालमा सहयोग गरिने छ । उक्त सहयोग दुर्गम तथा विपन्न स्थानका वालबालीकाहरुलाई शैक्षिक सहयोग, शिक्षा तथा साहित्य प्रवद्र्धन, महिलाहरुको आय आर्जन, स्वास्थ्य परिक्षण शिविर, बृद्ध आश्रम जस्ता क्षेत्रहरुमा स्थानीय सरकारी तथा गैह् सरकारी संस्थाहरसंग समन्वय र साझेदारितामा गरिने छ ।
(१३) २०१५ सालमा एन आर एन ले परिकल्पना गरेको नेपालीहरुकै आफ्नो बित्तीय सस्था “ एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई भर्जिनियामा शाखा खोल्ने र सबैलाई एकाउन्ट खोल्ने अभियानमा सशक्त लाग्ने ।

आउदो २ बर्षमा अत्यधिक सदस्यहरू बनाउन कोशिस गर्ने ,एन आर एन को हेडक्वाटर भर्जिनियामा भएको कारण उक्त अफिसलाई एन आर एन लगायत अन्य कार्यक्रममा प्रयोग गर्ने ता कि त्यसका कारण एन आर एन प्रतिको जनमानसमा बिश्वास दिलाऊन सकियोस ।

यहाँहरु सबैको साथ, सुझाव र सहकार्यमा आधारित रहेर हाम्रा प्रतिवद्धता र कार्ययोजनाहरू पुरा गर्ने छौ ।

Bishal Karki
President Candidate
NRNA NCC USA VIrginia Chapter (2023 -2025)
📱703-869-2665

प्रतिक्रिया