अमेरिकी गुप्तचर सेवाद्वारा व्हाइट हाउस भवन भित्र शंकास्पद कोकिन जस्तो पदार्थ फेला ,अनुसन्धान जारी

इनेप्लिज २०८० असार १९ गते २३:५७ मा प्रकाशित

अमेरिकी गुप्तचर सेवाले व्हाइट हाउस भवन भित्र शंकास्पद कोकिन जस्तो पदार्थ फेला पारेको छ भने अनुसन्धान जारी राखेको एबिसीन्यूजले जनाएको छ ।

अमेरिकी गुप्तचर सेवाले गत आइतबार व्हाइट हाउस भवन (कम्प्लेक्स) भित्र फेला परेको “अज्ञात वस्तु” को अनुसन्धान गरिरहेको मंगलबार बताएको छ ।

गुप्तचर सेवाका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले एक विज्ञप्ति जारी गर्दै आइतबार साँझ, गुप्तचर सेवाको वर्दीधारी बिभागका अधिकारीहरूले कार्य क्षेत्रमा फेला परेको अज्ञात वस्तुको खोजी गर्दा ह्वाइट हाउस भवन (कम्प्लेक्स) सावधानीपूर्वक बन्द गरिएको बताए ।

डिसी अग्नि नियन्त्रण बिभाग (डीसी फायर डिपार्टमेन्ट)लाई मूल्याङ्कन गर्न बोलाइएको थियो र बिभागले वस्तुलाई खतरनाक नभएको निर्धारण गरेको थियो। ह्वाइट हाउसमा कसरी प्रवेश गर्यो भन्ने कारण र तरिकाको अनुसन्धान गर्न बाँकी रहेको छ,” प्रवक्ताले भने।

उक्त धूलो वस्तु (पाउडर )व्हाइट हाउसको पश्चिमी खण्ड (वेस्ट विंग) क्षेत्रमा फेला परेको स्रोतहरूले एबीसी न्यूजलाई बताए। “वस्तु” थप परीक्षणको लागि गुप्तचर सेवाको प्रयोगशालामा पठाइएको छ भने राष्ट्रपति जो बाइडेन त्यतिबेला मेरिल्याण्डको क्याम्प डेभिडमा थिए।

ह्वाइट हाउसले मंगलबार यस विषयमा संवाददाताका प्रश्नहरू गोप्य सेवालाई पठाएको थियो।

प्रतिक्रिया