अमेरिकाको टेक्सस फोर्ट वर्थ शहर स्थित एक सवारी साधन अड्डा (पार्किङ लट)मा ११ जनालाई गोली प्रहार ,३ जनाको मृत्यु

इनेप्लिज २०८० असार १९ गते १२:०७ मा प्रकाशित

अमेरिकाको टेक्ससफोर्ट वर्थ शहर स्थित एक सवारी साधन अड्डा अर्थात् यानस्थल (पार्किङ लट)मा ११ जनालाई गोली प्रहार गरिएको छ भने ३ जनाको मृत्यु भएको छ।

गत सोमबार राति गोली चलेको खबर प्राप्त गरे पछि जवाफ दिँदै प्रहरी अधिकारीहरूले फोर्ट वर्थ, टेक्ससको यानस्थल (पार्किङ)मा ११ जनामा पीडितहरू फेला पारेको पुलिस बिभागले जनाएको छ ।

एकजनाको घटनास्थलमै र दुईजनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । अन्य आठ जनालाई पनि अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीलाई निजी सवारी साधन र बाँकीलाई रुग्ण वाहिनी (एम्बुलेन्स)बाट अस्पताल ल्याइएको थियो । प्रहरीका अनुसार गोली लागेका १० जना वयस्क र अर्का एक नाबालक रहेको अनुमान गरिएको छ ।

अहिले सम्म कुनै पनि गिरफ्तारीको कुनै सूचना दिइएको छैन भने बन्दुक चल्नुको कारण तुरुन्तै स्पष्ट भै नसकेको सिबिसीन्यूजले समाचार लेखेको छ ।

फोर्ट वर्थ प्रहरी जेसन स्पेन्सरले पत्रकारहरुलाई गोलाबारीको समयमा यानस्थलमा “ठूलो भीड जम्मा” भएको बताए ।

प्रतिक्रिया