पेन्सिलभेनियाको एक उधान( पार्क) मा आफ्ना दुई बालबालिकालाई बचाउने क्रममा एक व्यक्तिको डुबेर मृत्यु

इनेप्लिज २०८० असार १८ गते १५:२१ मा प्रकाशित

अमेरिकाको पूर्वी पेन्सिलभेनिया राज्यको एक उधान(पार्क)मा पौडी खेल्ने क्रममा समस्यामा परेका दुई बालबालिकालाई बचाउने क्रममा एक व्यक्ति डुबेर मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन्।

बक्स काउन्टी मृत्यु समिक्षक(कोरोनर)को कार्यालयले बिहीबार साँझ नोकमिक्सन राज्य उधान(स्टेट पार्क)मा पौडी खेलिरहेका बालबालिकालाई उद्धार गरेपछि ३७ वर्षीय मार्विन एलेक्सन फर्नान्डेज चिकसको “पानीमा बेपत्ता” भएको बताएको छ।

स्थानीय घोडा फार्म( कृषीभूमी)मा काम गर्ने चिकसले घटनाको समयमा ३ वर्षको छोरासँग माछा मार्दै गरेको परिवारले सॅचालनमा ल्याएको गोफण्डमा(अनलाइन )बताएको छ ।

उनी माछा मार्न मन पराउने मानिस थिए र त्यो दिन उनले केही साथी र छोरासँग मिलेर आफूलाई मन लागेको कुरा गरिरहेका थिए ।

दुर्भाग्यवश उनीसँगै डुबेका दुई छोराछोरीको लागि ज्यान बचाए तर उनको पोखरीमा डुबेर ज्यान गयो,’ उनको परिवारले गोफण्डमीमा उल्लेख गरेका छन ।

सोमबार बिहान सम्म ३६,००० डलर भन्दा ज्यादा उठाएको सिविएस न्यूजले समाचारमा उल्लेख गरेको छ ।

शव परीक्षण पछि उनको मृत्युको कारण डुबेर भएको पुष्टि भएको र मृत्युको तरिका संयोगवश भएको मृत्यू समिक्षक (कोरोनर )कार्यालयले शुक्रबार जनाएको छ ।

संरक्षण तथा प्राकृतिक सम्पदा विभागका प्रवक्ता वेस्ली रोबिन्सनले दुई बालबालिकालाई साँझ ५ बजे चट्टान क्षेत्रमा रहेको टोहिकोन खाडीमा संघर्ष गरिरहेको देखाइएको बताए ।

चिकस पानी भित्र गए र बच्चाहरूलाई किनारमा ल्याए, त्यसपछि संघर्ष गर्न थाले, रबिन्सनले भने।

उनको शव गोताखोरले दुई घण्टाभन्दा बढी समयपछि तालमा फेला पारेका थिेए ।

खाडीमा पौडी खेल्न निषेध छ ।

प्रतिक्रिया