ए.एन.ए. अध्यक्ष पदमा बरिष्ठ समाजसेवी खगेन्द्र अधिकारी निर्वाचित भएका छन ।
एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (ए.एन.ए. ) निर्वाचन समितिका प्रमुख आयुक्त ई. कुल मणि आचार्य मेरील्याण्ड, ई. श्याम सेडाई टेक्सस ,निर्वाचन आयुक्त र यसै गरी निर्वाचन आयुक्त डा.शिलु घिमिरे कोलोराडो रहेको ३ सदस्य निर्वाचन समितिले निर्वाचित पदाधिकारीहरुको नतिजाको घोषणा गरेको छ ।
उत्तर अमेरिकामा रहेको नेपालीहरुको पुरानो राष्ट्रिय संस्था एएनएको अध्यक्ष पदमा वासिंटन,डि.सी निवासी खगेन्द्र अधिकारी २०२३-२०२६ अर्थात् ३ बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन ।
यसै गरी बरिष्ठ समाजसेवीहरु क्रमशः बरिष्ठ उपाध्यक्ष पदमा बाल्टिमोर निवासी बिजय श्रेष्ठ, उपाध्यक्ष पदमा कोलोराडो निवासी बिनोद त्रिपाठी, महासचिव पदमा मेरिल्याण्ड निवासी सि.पी.ए. लक्ष्मण प्रधान र कोषाध्यक्ष पदमा मेरील्याण्ड निवासी डा. बिष्णु घिमिरे निर्बिरोध निर्वाचित भएका छन ।
निर्वाचन समितिका अनुसार बाँकीरहेका अरु सबै पदहरुमा ए.एन.ए.को बिधान बमोजिम अध्यक्ष खगेन्द्र अधिकारीको नेतृत्वमा रहेको नयाँ कार्य समितिबाट मनोनयन गरि पदपुर्ति गर्ने ब्यबस्था हुने जनाईएको छ ।
नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई ईनेप्लिज परिवार खुसी व्यक्त गर्दै बधाई तथा सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
प्रतिक्रिया