युक्रेनले ईरानमा निर्मित ८ वटा मानवरहित यान खसालेको दावी

इनेप्लिज २०८० असार १७ गते १५:४५ मा प्रकाशित

युक्रेनको वायु रक्षाले शनिबार राति आइतवारसम्म रुसले प्रक्षेपण गरेका आठ शाहेद ड्रोन( मानवरहित उपकरण) तथा तीनवटा कालिबर क्रुज मिसाइल अर्थात कालिवर पोतबिहार क्षेप्यास्त्रहरु नष्ट गरेको वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ ।

इरानी निर्मित मानवरहित युद्धयान(ड्रोन) दक्षिणपूर्वबाट प्रक्षेपण गरिएको थियो र पोतबिहार क्षेप्यास्त्र(क्रुज मिसाइल)हरु ब्ल्याक सी( कालो सागर)बाट प्रक्षेपण गरिएको थियो ।

यी सबैलाई युक्रेनको वायुसेनाले सबै लक्ष्यहरू नष्ट गरेको बताएको छ ।

प्रतिक्रिया