पूर्व राष्ट्रपति बाराक ओबामाको डिसी स्थित घर नजिकै बन्दुकहरु बोकेका एक व्यक्ति पक्राउ

इनेप्लिज २०८० असार १५ गते १:०६ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित पूर्व राष्ट्रपति बाराक ओबामाको घर नजिकै बन्दुकहरु बोकेका एक व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार उक्त व्यक्ति जनवरी ६ को अमेरिकी संसद आक्रमणमा पनि संलग्न रहेको एबिसी७ ले समाचारमा उल्लेख गरेको छ ।

डिसी प्रहरी र संघीय कानून प्रवर्तन(प्रहरी)ले बिहीबार उनलाई पक्राउ गरिएको अधिकारीहरूले बताए ।

कुनै निश्चित ठेगाना नभएको ३७ वर्षीय टेलर टारान्टो बिहीबार दिउँसो उत्तरपश्चिमको कलोरमा सडकको २४०० घर समुहमा ब्लकमा थिए । उनलाई जनवरी ६ मा समेत संलग्न भएकोले पहिले नै पक्राउ पुर्जी जारी गरिएको प्रहरीले बताए ।

जनवरी ६ पछि आत्महत्या गरेका डिसीका प्रहरी स्व जेफ्री स्मिथकी विधवाले मुद्धा दाएर गरेकी थिइन् । बिधुतिय संजाल (अनलाइन )मार्फत मानिसहरूले २०२१ मा टारान्टोलाई अमेरिकी संसदमा प्रवेश गरेको रूपमा पहिचान गरेका थिए ।

डिसी प्रहरी विभागका प्रहरी अधिकारीलाई स्मिथलाई आक्रमण गर्न अर्को दंगा गर्ने डेभिड वाल्स-काउफम्यानलाई सहयोग गरेको समेत आरोप लगाइएको थियो।

टारान्टोको गिरफ्तारीको समयमा उनको गाडीमा (कार)मा बन्दुक र गोलाबारुद रहेको स्रोतहरूले एबीसी न्यूजलाई बताए। गिरफ्तार अधिकारीहरूले टारान्टोको मालबाहक गाडी (भ्यान )नजिकै अनुसन्धान गर्न डिसी प्रहरीको विस्फोटक अस्त्र निष्कासन टोलीलाई सहयोगको लागि अनुरोध गरेका थिए ।

टारान्टोले सामाजिक सञ्जाल प्रत्यक्ष प्रसारण ( लाइभ स्ट्रिम)मा आफूसँग हतियार छ भनी टिप्पणी गरेका थिए। यद्यपि उनले पूर्व राष्ट्रपतिलाई कहिल्यै प्रत्यक्ष धम्की नदिएको र उनको नाम उल्लेख नगरेको एबीसी न्यूजले समाचारमा जनाएको छ । पक्राउ हुनुअघि उनले अर्को सामाजिक संजाल प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिम )सुरु गरेका थिए ।

प्रतिक्रिया