क्यानडामा लैङ्गिक विषयमा कक्षामा २ विद्यार्थी र एक प्राध्यापकमाथि छुरा प्रहार : प्रहरी

इनेप्लिज २०८० असार १४ गते ११:२९ मा प्रकाशित

क्यानडामा दुई विद्यार्थी र विश्वविद्यालयका एक प्राध्यापकलाई लैङ्गिक मुद्दामा कक्षामा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । दुई महिला र एक पुरुषको स्वास्थ्य स्थिति खतरामुक्त रहेको र उपचार भइरहेको छ ।

घटना क्यानाडाको वाटरलू विश्वविद्यालयमा भएको हो । टोरन्टोबाट लगभग ७० माईल पश्चिममा अवस्थित वाटरलू क्षेत्रीय प्रहरी सेवाका अधिकारीहरूलाई दिउँसो ३:३५ बजे बोलाइएको थियो। हेगे सभाकक्षको एक कक्षा कोठा भित्र छुरा प्रहार भएको प्रहरीले आक्रमणको विवरण दिँदै एक विज्ञप्तिमा जनाएका छन् ।

दुई महिला र एक पुरुषलाई अस्पताल लगिएको बिज्ञप्तिमा जनाईएको छ । अधिकारीहरूले छुरा प्रहारको समयमा कक्षाकोठामा कति विद्यार्थी थिए भन्ने बताएनन् तर संदिग्धलाई पक्राउ गरेपछि सार्वजनिक सुरक्षामा थप खतरा नभएको बताए।

विश्वविद्यालयका अनुसार प्रहरीले छुरा प्रहारको अनुसन्धान गरेपछि बुधबार पछि हुने भनिएको कक्षाहरू रद्द गरिएको थियो। बिहीबार “हेगे हल(सभाकक्ष)मा गतिविधिहरू र कक्षाहरू निर्धारित समय अनुसार सुचारु हुनेछन्”, विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया