भर्जिनिया एलेक्जान्ड्रियाको एक १४ तले आवासगृहबाट खसेर ३ वर्षीय बालकको मृत्यु

इनेप्लिज २०८० असार १४ गते १०:४१ मा प्रकाशित

भर्जिनिया एलेक्जान्ड्रियाको एक १४ तले आवासगृह(अपार्टमेन्ट कम्प्लेक्स)बाट खसेर ३ वर्षीय बालकको मृत्यु भएको एनबिसी वाशिंगटनले जनाएको छ ।

भर्जिनियाको अलेक्जान्ड्रिया शहरमा आवासगृहको माथिल्लो तलाबाट खसेर बुधबार एक बालकको मृत्यु भएको अलेक्जान्ड्रिया प्रहरीले जनाएको छ ।

दिउँसो १:५५ बजे भवनमा अग्निनियन्त्रकहरूलाई बोलाइएको थियो र पाँच मिनेटमा आइपुगेको विभागले जनाएको छ । बालक तीन वर्षीय भएको प्रहरीले जनाएको छ ।

बालक के कारणले खसेको भन्ने तत्काल खुल्न सकेको छैन भने अलेक्जान्ड्रिया प्रहरीले मृत्युको अनुसन्धान गरि रहेको जनाएको छ ।

प्रतिक्रिया