अमेरिकाको भाजिनियामा पहिलो पटक मैथली परम्परा अनी वैदीक र दैविक विधीद्धारा ऐतिहासिक व्रतवन्ध सम्पन्न

इनेप्लिज २०८० असार १२ गते २२:२९ मा प्रकाशित

अरुण रुपाखेती, भर्जिनिया

नेपाल जनकपुर घर भै हाल अमेरिकाको भाजिनिया राज्यको लिजबर्ग शहरमा लामो समय देखि बस्दै सामाजिक अभियन्ता विजय सिंहले आफ्नो अमेरिकामा जन्मेका नातिको मैथली परम्परा अनी वैदीक र दैविक विधीद्धारा ऐतिहासिक व्रतवन्ध सम्पन्न गरेका छन् ।

यसलाई समुदायले निकै महत्वका साथ हेरेका छन् र उनि प्रशंसाको पात्र भएका छन् । सम्भवत मैथली समाजमा यस्तो दुर्लभ हुने गर्छ त्यसमा पनि अमेरिकामा मैथली परम्परा अनी वैदीक र दैविक विधीद्धारा ऐतिहासिक व्रतवन्ध सम्पन्न गर्न सफल भएका छन् । नेपाली समुदायका थुप्रै समुदाय सदस्यहरुले सहभागिता जनाएका थिए ।

यो समारोह निजि भएता पनि अमेरिकामा एन्टा भने तराई बासिहरुले स्थापना गरेको संस्थाका पूर्व अध्यक्ष हुनुको साथै समाजमा उनले थुप्रै राम्रो भूमिका निर्वाह गर्दै आएकोले यो समारोहले अमेरिकामा ठूलो अर्थ राख्दछ र उनको चौतर्फी प्रशंसा हुन् थालेको छ ।

नेपाल विविधतामा एकता कायम रहेको देश हो । यस देवभुमि विभिन्न जातजाती, धर्म, संस्कार तथा रितिरिवाजद्धारा लटरम्म सजिएको छ । हामी सवै नेपालीले सवै क्षेत्रमा सवै परम्परालाई आदर र सम्मान गर्दछौ । सवै जातजाती धर्म र समुदायका विच आपसमा गहिरो माया छ ।

यसै प्रसंगलाई नेपालीहरुका विच स्वदेशमा मात्र नभएर देश वाहिर पनि एकता र सम्मान छ भन्ने कुरा गत मंगलवार जुन २० र वुधवार जुन २१, २०२३ का दिन अमेरीकाको लिजवर्ग, भर्जिनियामा सम्पन्न एउटा ऐतिहाँसिक व्रतवन्ध समारोहलाई लिन सकिन्छ ।

नेपालको पवित्र धार्मिक भुमी जनकपुरमा जन्मिएका र अमृत विज्ञान कलेज काठमाडौका तत्कालिन प्राध्यापक र हाल लिजवर्ग भर्जिनियामा सपरिवार रहँदै आउनु भएका अति सरल र मिलनसार समाजसेवी विजय कुमार सिं तथा मन्जु सिंहको नाती आलोक कुमार सिंह तथा मालीन सिंका सुपुत्र आनन्द कुमार सिंहको व्रतवन्ध अविश्मरणीय वैदिक समारोहका विच सम्पन्न भएको छ ।

हामी सवैलाई थाहै छ, नेपालको धेरै सनातनिक संस्कार, संस्कृति र परम्परालाई मिथीला सभ्यताले जोगाएको छ । यस अर्थमा मिथिला क्षेत्र हिन्दु संस्कृतिको भण्डार नै हो । यति हुँदा पनि क्षेत्रिय विविधताले गर्दा नेपालको विभिन्न क्षेत्रहरुमा आआफ्नो परम्परालाई विविधताका साथ मनाउने गरिएको छ ।

व्रतवन्ध कै विषयमा कुरा गर्दा विजय कुमार सिंको जन्मस्थल तराई क्षेत्र जनकपुर र पहाडी क्षेत्रमा अपनाईने परम्परा र विधिमा केही विविधता रहेको पाईन्छ । जुन आआफ्नो क्षेत्रिय परम्परा हो ।

तर सिंहले भने यो परम्परालाई संयुक्त रुपमा अंगाल्दै र सवै नेपाली समुदायलाई समेटेर एउटा नयाँ र ऐतिहाँसिक रुपमा आफ्नो नातीको व्रतवन्ध सम्पन्न गराएका छन । उक्त समारोहमा हिमाल, पहाड र तराईका नेपाली समुदायका नागरीकहरुको सजिसजाउ जमघट भएको थियो । विभिन्न समुदायका महानुभावहरुका विचमा सदभाव र मित्रता आदान प्रदानका साथै विभिन्न क्षेत्रिय प्रकारका भोजन परिकारहरुको पनि आनन्दता वाँडिएको थियो ।

उनले व्रतवन्धमा मैथली गुरु गोविन्द झा र पहाडी गुरु डा. रघुनाथ अर्यालहरुलाई आमन्त्रण गरी मैथली परम्परालाई कायम राख्दै वैदिक र दैविक विधीद्धारा अघिल्लो दिन मटकोर (मैथली विधिद्धारा यसमा नारायण भगवानको पुजा गरी वटुकको दिदिवैनिद्धारा वटुकलाई लिएर मन्दिर दर्शन गर्दै गानावजान सहित गएर पवित्र स्थानको माटो ल्याई त्यसमा खाडल वनाई त्यसमा जल भरी, त्यसलाई समुद्र मानेर फुल, अक्ष्यता, सिंदुर, सुपारी, पान, र पैसा चढाई, वटुकलाई समुन्द्रमा के खोज्दै छौ भन्ने प्रश्न गरीन्छ र वटुकद्धारा शिव समुन्द्र भन्न लगाईन्छ) अर्थात पूर्वाँग तथा जुटिका विधि अपनाई कुल देवता, स्थान देवताको पुजा विभिन्न पुजा विधीद्धारा सम्पन्न गरीएको थियो ।

साथै व्रतवन्धका दिन मैथली गुरु र पहाडी गुरुहरुले विभिन्न क्षेत्रिय प्रचलन र संस्कारद्धारा वटुकको व्रतवन्ध सम्पन्न गराएका थिए । एउटा फरक कुरा तराईमा भिक्षा दिँदा पाँच पटक दिने चलन रहेछ । वटुकले भिक्षा माग्दा पहेंलो वस्त्रमा मृगको छाला, दुम्सीको कांडा, खराउ, पलास, खयरको लौरो र कमण्डलुमा गुरुकुलमा जाने काठको पाटी र कलममा सजिएको देख्न सकिन्थ्यो ।

यसरी मिश्रीतरुपमा दुवै परम्परालाई अंगाली एउटै संस्कार सम्पन्न भएको लेखकले आफ्नो जिवनकालमा पहिलो पटक देख्न पाएको हो । यस समारोहमा कमण्डलु, मृगको छाला, दुम्सीको कांडा, खराउ, पलास, खयरको लौरो, पिर्का, मानापाथी, डालो र नाग्लो प्रयोग गरीएको थियो भने मण्डपमा धर्ति पवित्र र दुर्लभ वर, पिपल, केरा कुश, पारीजात, वाँस, तुलसी, गहुँत, गोवर र कुशको चकटि जस्ता धार्मिक महत्वका वस्तुहरुको प्रयोग भएको थियो ।

यी सामाग्रीहरु यसै लेखकको सहभागीतामा र डिसि नेपाली समाजको सौजन्यमा उपलव्ध गराईएको थियो । व्रतवन्ध सम्पन्न भएको ४ दिन पछि जग्गे विशर्जन भएको थियो र फुलपातीहरु नदिमा लगेर सेलाईएको थियो ।

यसरी समाजसेवी सिंहले सवै नेपालीहरुलाई ऐक्यवद्ध गराउँदै मैथैली परम्परा अनुसार वैदिक र दैविक विधीद्धारा आफ्नो नाती आनन्द कुमार सिंहको ऐतिहासीक व्रतवन्ध सम्पन्न गराएका छन् ।

सिंह तथा उनको सम्पुर्ण परिवारमा हार्दिक वधाई तथा शुभकामना ।

प्रतिक्रिया