अमेरिकाको न्यूमेक्सिकोमा चलचित्र मन्दिरमा बस्ने स्थान( सिट)बिषयमा बिवाद हुदा गोलीबाट एक दर्शकको मृत्यु

इनेप्लिज २०८० असार १२ गते १७:०४ मा प्रकाशित

पक्राउ परेका व्यक्ति

अमेरिकाको न्यूमेक्सिकोमा चलचित्र मन्दिरमा बस्ने स्थान( सिट)बिषयमा बिवाद हुदा गोली प्रहार हुदा एक दर्शकको मृत्यु भएको छ ।

न्यूमेक्सिकोको अल्बुकर्की चलचित्र भवनमा बस्ने स्थान ( सिट) विवाद हुदा गोलाबारी भए पछि दर्शकहरु भागाभाग भएका छन ।

अल्बुकर्की विभागका जासूसहरूले आइतवार साँझ गोलाबारीको सम्बन्धमा १९ वर्षीय एनरिके पाडिला विरुद्ध महानगर मा सोमबार अदालतमा मुद्दा दायर गरेका छन ।

राति ९ बजेपछि गोली हानाहान भएको थियो भने जहाँ “नो हार्ड फिलिङ्स” चलचित्र प्रदर्शन भै रहेको थियो ।

सिविएस न्यूजका अनुसार घटनामा ५२ वर्षीय माइकल टेनोरियोलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

उनकी श्रीमती ट्रिना टेनोरियोले आफू निशस्त्र भएको बताइन्।

प्रतिक्रिया