मेरिल्याण्डमा चलचित्र “द सेक्रेट अफ राधाको” प्रदर्शन

इनेप्लिज २०८० असार ११ गते ०:३० मा प्रकाशित

निर्देशक सुबर्ण थापाद्धारा निर्देशित चलचित्र “द सेक्रेट अफ राधा”अमेरिकाका बिभिन्न राज्याहरूमा एक साथ प्रदर्शन शुरु गरिएको छ। नेपाल-अमेरिका अन्तराष्ट्रिय फिल्म फेस्टिवलको सु-अवसर पारेर अमेरिकाको मेरिल्याण्ड राज्यामा पनि यसको प्रदर्शनी सुरु गरिएको छ।”द सेक्रेट अफ राधा” नारीका संम्वेदनाहरूलाई केन्द्र बिन्दुमा राखेर निर्देशक सुवर्ण थापाद्धारा निर्देशन तथा निर्माण गरिएको चलचित्र हो।

एक गर्भवती महिलाले आफ्नो बेपत्ता भएको श्रीमानको खोजी गर्ने गरेको संघर्षको कथालाई चलचित्रले मुख्य कथा बस्तु बनाएको छ। यस चलचित्रको मुख्य पात्र राधाले जस्तै हजारौ हजार हाम्रा दिदिबहिनीहरूले पनि यस्तो समस्या दिनहॅु हाम्रो समाजमा भोग्दै आएका छन्।बर्तमान समयमा नेपाली समाजमा घटिआएका र हाम्रो समाजले भोगी आएको कथा बस्तुलाई लिएर यो चलचित्र निर्माण भएको छ। तसर्थ यो चलचित्र एक सामाजिक चलचित्र बन्न सफल भएको छ।

राधा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिवलहरूमा ख्याति कमाएको चलचित्र हो।यो चलचित्र फ्रान्सको चर्चित “ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलमा” ७ बिधामा मनोनयन परेको थियो। जसमा उत्कृष्ट एक्टर,डाईरेक्टर र फिचर गरि तीन बिधामा एवार्ड जितेको चलचित्र हो। त्यस्तै यो चलचित्र नेपालको नेफ्टा अवार्डमा पनि १० विधामा मनोनयनमा परेको चलचित्र हो। कोरोना महामारीले थलिएको नेपाली चलचित्रको क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रसम्म लैजान आफुले बिश्वको बिभिन्न देशहरू प्रदर्शन गर्दै आएको बताऊनु हुन्छ निर्देशक तथा निर्माता सुवर्ण थापा।नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय स्तर सम्म नउठाई हाम्रो फिल्मी उधोग प्रतिस्पर्धी नबन्ने बिचार राख्नु हुने निर्देशक थापाले अहिले अमेरिका बिभिन्न सहरहरूमा यो चलचित्र प्रदर्शन गर्दै आऊनु भएको छ। यो चलचित्र जुन २३ देखी मेरिल्याण्डको एएफआई सिल्भर एण्ड कल्चर सेन्टरमा प्रदर्शन हॅुदै आएको छ।

नेपाल-अमेरिका अन्तराष्ट्रिय फिल्म फेस्टिवल सॅगै मेरिल्याण्ड बाट सुरु गरिएको यस चलचित्रको प्रदर्शनी आगामी दिनमा नेपाली समुदायहरूको बाक्लो बस्ति रहेका राज्यहरू भर्जिनिया,पेन्सल्भेनिया,ओहायो,न्यूयोर्क,कनेक्टिक लगायत राज्यहरूमा यसको बृहत प्रदर्शनीको तयारी गरिएको छ।

अमेरिकामै जन्मिएका नेपाली मुलका बाल बच्चाहरूलाई नेपाली भाषा,कल्चर,रितिरिवाज लगायत समाजका यावत कुराहरू सिकाउन बुझाऊन पनि यो चलचित्र सहयोगी,सरल,शिक्षाप्रद र चेतनामुलक छ हुन्छ भन्नु निर्देशक सुबर्ण थापा।

नेपाली चलचित्रलाई यसरी संसार भर प्रदर्शन गर्दा नेपाली भाषा संस्कृति,रितिरिवाज पनि बिश्व ब्यापि बन्नुका साथै नेपाली चलचित्र उघोगले पनि भविष्यमा नयॅा फड्को मार्न सक्छ।

प्रतिक्रिया