मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि अतिथिको रुपमा रमेश प्रसाई अमेरिका आउदै

इनेप्लिज २०८० असार १० गते १७:३४ मा प्रकाशित

बिश्व कै सम्राट राज्य न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ का लागि प्रखर वक्ता रमेश प्रसाई अतिथिको रुपमा अमेरिका आउने भएको आयोजकका प्रमुख सैलेश श्रेष्ठले ईनेप्लिजलाई बताए।

प्रशिक्षार्थीहरुलाई उत्प्रेरणादायी सार्वजनिक भाषण र वक्तृत्व कलामा उनले सहयोग पुर्याउने भएका छन् ।

स्मरण रहोस ,न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि उत्तर अमेरिकाबाट १८ जना प्रतिस्प्रद्धीहरु छनौट भै सकेका छन् ।

अन्तिम प्रतिश्प्रद्धाको लागि अमेरिका र क्यानडा गरि कूल १८ जना प्रतिस्प्रद्धीहरुले भाग लिनेछन् ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

यस पटक कार्यक्रमको लागि अतिथिहरुमा प्रियंका कार्की ,मिरुना मगर ,आयुषमान देशराज जोशी,सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिती रहने छ।

यस पटकको बिजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिश्प्रद्धीको रुपमा भाग लिन पाउने छन ।

कुनै जिज्ञाशा भएमा आयोजकसंग सिधै सम्पर्क गर्न सकिने छ ।

यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर(पूर्ण प्रशिक्षण) हुने भएकी छिन ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :https://www.missnepalnorthamerica.com/?fbclid=IwAR2Nm_GeCAMEICVNPKMHfpf32gSNHazVqXh7v7XasXW41W3rJbvd8qORo2M

प्रतिक्रिया