अमेरिकाको सॅरक्षक केन्द्रमा रहेका अफगानिस्तानबाट उद्दार गरि ल्याइका बालकको मृत्यु 

इनेप्लिज २०८० असार ८ गते १८:३५ मा प्रकाशित

अमेरिकाको सॅरक्षक केन्द्रमा रहेका अफगानिस्तानबाट उद्दार गरि ल्याइका बालकको मृत्यु भएको छ ।

सन् २०२१ मा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि अमेरिकामा ल्याइएका ६ वर्षीय अफगानी बालकको  गत हप्ता संघीय सरकारको सॅरक्षण केन्द्रमा मृत्यु भएको हो ।

यो वर्ष तेस्रो यस्तो मृत्यु भएको अमेरिकी अधिकारीले बिहीबार सीबीएस न्यूजलाई बताए।

अफगान बच्चालाई एक टर्मिनल( अन्तिम अवस्था) रोग भएको अमेरिकी अधिकारीले मृत्युको बारेमा छलफल गर्न आफ्नो नाम न छाप्ने सर्तमा बताए । उनको १३ जुनमा मृत्यु भएको थियो ।

धेरै बालबालिकाहरु उनिहरुको आमाबाबु तथा कानुनी अभिभावकहरू बिना अमेरिकामा आइपुगेकाले ती बालबालिकाहरूलाई शरणार्थी पुनर्वासको स्वास्थ्य र मानव सेवा कार्यालयको सॅरक्षण केन्द्रमा राखिएको हो । 

प्रतिक्रिया