अनिल पोखरेलद्धारा एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

इनेप्लिज २०८० असार ८ गते ९:२७ मा प्रकाशित

अनिल पोखरेलद्धारा जुलाई २९ मा हुन गइरहेको एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

करिब एक दशक अगाडि पहिलो पटक एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय परिषदको सदस्यको प्रत्यासीको रूपमा एनआरएनए अष्ट्रेलियाको विधिवत यात्रा शुरू गरेका पोखरेलले संस्थाको दिगो बिकास र त्यसका कार्यक्रम सफलताका निम्ति संस्थाभित्रै एकजुट भएर आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक योगदान गरे । एनआरएनएलाई संस्थागतिकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, बिभिन्न तहका सरकारसंग सम्बन्ध विस्तार जस्ता कुराहरुमा आफ्नो योगदान सार्वजनिक भएको दावी गर्दै पोखरेल संस्थामा दिगो स्वयंसेवाको अवधारणाको लागि आफू प्रयासरत रहने प्रतिबद्धता जाहेर गर्छन ।

बिगत ४ बर्षदेखि एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्षको रुपमा काम गर्दै आएका पोखरेल समाज सेवालाई मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिलाउने माध्यम बनाउन सक्ता यस्ले मानिसलाई अनवरत रुपमा समाज सेवामा लाग्न प्रेरित गर्ने विश्वास गर्दै अगाडि वढ्ने निर्णय गरेको बताउँछन । र, अध्यक्षका रूपमा आफ्न दुई बर्षका कार्य योजनाहरू छिट्टै सार्वजनिक गर्ने बताउँछन ।

त्यस्तै अस्ट्रेलियाको भिक्टोरिया राज्यको संयोजकमा नेपाली बहुसांस्कृतिक केन्द्र (Australian Nepalese Multicultural Centre, ANMC) मा आबद्ध भएर नेपालीको साझा घरको रुपमा मेलबर्नमा बनाइने मन्दिर निर्माणार्थ कोष संकलन कार्यमा सहभागी भएका र २०१७-२०१९ का लागि गुल्मी समाज भिक्टोरियाको अध्यक्ष भएर काम गरिसकेका मणि सापकोटाले उम्मेदवारीको घोषणा गरेका छन । सापकोटाले २०१९-२०२१ मा एनआरएनए भिक्टोरियाको उप संयोजक भै गरिसकेका छन भने हाल नेपाली बहुसांस्कृतिक केन्द्र र गुल्मी समाज भिक्टोरियाको सल्लाहकारको भूमिका पनि निर्बाह गरिराखेका छन ।

वुद्ध लामा

प्रतिक्रिया