अमेरिकाको टेक्ससको म्याटाडोर शहरमा आएको घुम्र्पात( टोर्नाडो )को कारण कम्तीमा ३ जनाको मृत्यु ,दर्जनौ घर र व्यवसाय ध्वस्त

इनेप्लिज २०८० असार ७ गते १०:५६ मा प्रकाशित

अमेरिकाको टेक्सस शहर म्याटाडोरमा आएको घुम्र्पातको कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ । साथै दर्जनौ घर र व्यवसायहरु ध्वस्त भएका छन। माट़ाडोर शहर टेक्सस राज्यकै लबकको उत्तरपूर्वी रहेको सानो शहर हो ।

अधिकारीहरू र नगरले दिएको विवरण अनुसार घुम्र्पात( टोर्नाडो)ले बुधबार भवनहरू ध्वस्त पारेको र अर्ध मालबाहक सवारी साधन (सेमीट्रक)हरू पल्टाउँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहानसम्म घुम्र्पात( टोर्नाडो)का कारण कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको मोटली काउन्टी शेरिफको कार्यालयले जनाएको छ। कति जना घाइते भएका छन् भन्ने विवरण अहिले सम्म प्राप्त नभै सकेको जनाईएको छ ।

गत राति ८ बजेतिर म्याटाडोरलाई प्रहार गरेको थियोर सर्वेक्षणहरू नभएसम्म यसको मूल्याङ्कन थाहा नहुने लबकको राष्ट्रिय मौसम सेवाका प्रमुख मौसमविद् म्याट जिबेलले भने।

भवनहरू र केही सवारी साधनहरू एकदमै गम्भीर रूपमा क्षतिग्रस्त भएको जिबेलले बताए । कम्तिमा २० व्यवसाय र घरहरू ध्वस्त भएका छन् भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

प्रतिक्रिया