अमेरिकाको एरिजोनाको ग्रान्ड क्यान्योन नामक गल्छीबाट ४ हजार फिट तल खसेका ३३ वर्षीय व्यक्तिको मृत्यु

इनेप्लिज २०८० असार ४ गते ११:२५ मा प्रकाशित

अमेरिकाको एरिजोनाको ग्रान्ड क्यान्योन नामक गल्छीबाट ४ हजार फिट तल खसेका ३३ वर्षीय व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एरिजोनाका अधिकारीहरूका अनुसार ग्रान्ड क्यान्योनको लोकप्रिय पर्यटक आकर्षण पैदलयात्रा (वाकवे)बाट एक व्यक्ति ४,००० फिट तल खसेर मृत्यु भएको छ। मोहावि काउन्टी शेरिफको कार्यालयले खोज र उद्धार पश्च्यात उनको पहिचान र उनि मुनी खसेको सामाजिक संजालमा प्रकाशन गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त व्यक्तिको शव पछि उत्तरपश्चिमी एरिजोनामा रहेको संघीय मान्यता प्राप्त अमेरिकी आदिवासी हुलापाई क्षेत्रमा सारिएको शेरिफको कार्यालयले विवरणम उल्लेख गरेको छ ।

ग्रान्ड क्यानयोन राष्ट्रिय निकुञ्जको बाहिर रहेको स्काईवाक राष्ट्रिय निकुञ्ज सेवाका अनुसार हुलापाई जनजातिले व्यवस्थापन गर्छ। ग्रान्ड क्यानयोन संजालस्थल (वेबसाइट)का अनुसार २००७ देखि १० लाखभन्दा बढी आगन्तुकहरूले भ्रमण गरेका थिए । उक्त घटना गत जुन ५ मा घटेको सिएनएनले लेखेको छ ।

प्रतिक्रिया