अमेरिकाको टेक्ससमा आएको घुम्रपात (टोर्नाड़ो)बाट कम्तिमा ३ जनाको मृत्यु ,दर्जनौ दर्जन घाइते

इनेप्लिज २०८० असार १ गते ११:१८ मा प्रकाशित

अमेरिकाको टेक्ससमा आएको घुम्रपात (टोर्नाड़ो)बाट कम्तिमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौ दर्जन घाइते भएका छन् । टेक्सस राज्यको सानो गाउँ पेरीटनमा आएको घुम्रपातकारण कम्तीमा ३ जनाको मृत्यु भएको नगर दमकल विभागले पुष्टि गरेको छ ।

गत २४ घण्टामा तीन राज्यहरूमा १० भन्दा बढी घुम्रपात आएको विवरण दिईएको छ भनेलाखौं अमेरिकीहरू गम्भीर मौसमको सतर्कमा रहेका छन्।

पेरिटन, टेक्ससमा गत बिहीबार साँझ आएको विनाशकारी घुम्रपातले कम्तिमा तीन जनाको मृत्यु, दुई बेपत्ता र ५६ जना घाइते भएको द ओचिल्ट्री काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

पेरीटन फायर चीफ पॉल डचरले घाइतेको संख्या करिब १०० जना हुन सक्ने बताए । घाइतेहरू सामान्यदेखि गम्भीर र धेरै बिरामीहरूलाई आघात केन्द्र (ट्रमा सेन्टर)मा सारिएको डचरले भने।

सानो शहरको उत्तर र पूर्वी क्षेत्रमा घरहरू ध्वस्त भएका र सञ्चार धरहारा (टावर)हरू ढलेको डचरले एबीसी न्यूजलाई भने। ७५ भन्दा बढीको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।

पेरीटनमा हाल बिद्युत बिच्छेद भएको भने अहिले सम्म दक्षिणीआ २६०,००० भन्दा बढी घर र व्यवसायहरू विद्युतविहीन रहेका छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले “पेरीटन, टेक्ससमा अत्यावश्यक जीवन-सुरक्षा आवश्यकताहरू पूरा गर्न” राज्यको आपतकालीन प्रतिक्रिया स्रोतहरू प्रयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया