फ्लोरिडा मायामीका नगर प्रमुख फ्रान्सिस सुआरेजद्वारा २०२४ को लागि अमेरिकी राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका छन् । उनि रिपब्लिकन दलका हुन् भने सुआरेजले बिहीबार क्यालिफोर्नियाको सिमी भ्याली(उपत्यका )मा रहेको रोनाल्ड रेगन प्रेसिडेन्सियल पुस्तकालय (लाइब्रेरी)मा बोल्ने तयारी गरेका छन्।
सप्ताहन्तमा फक्स न्यूजसंगको कुराकानीमा उनले आउँदो हप्ताहरूमा “प्रमुख घोषणा” गर्ने बताएका थिए । क्युवाली अमेरिकी सुआरेज हाल फ्लोरिडाको दोस्रो धेरै जनसंख्या भएको शहर मायामीको नगर प्रमुख (मेयर)को दोस्रो कार्यकालमा छन्।
सुआरेजलाई समर्थन गर्न बुधबार फ्लोरिडा शहरको उनको नेतृत्वको लागि दुई मिनेटको अङ्कियदृश्य (भिडियो )जारी गरिएको छ । उनि आगामी २०२४ को लागि रिपब्लिकन दौडमा प्रवेश गर्ने पहिलो प्रमुख स्पनेली (हिस्पानिक )उम्मेद्वार हुन् ।
प्रतिक्रिया