एएनएको अध्यक्ष पदमा खगेन्द्र अधिकारीले उम्मेदवारी दिने 

इनेप्लिज २०८० जेठ ३१ गते १६:५४ मा प्रकाशित

एएनएको अध्यक्ष पदमा खगेन्द्र अधिकारीले उम्मेदवारी दिने भएका छन । उन्ले केही महत्वपूर्ण कुराहरु राख्दै कोलोराडोमा हुने निर्वाचनमा उम्मेदवारी दिने भएका हुन ।

ए.एन.ए. २०२३-२०२६ कार्यकालका लागि अध्यक्ष पदमा आगामी जुन १७ का दिन मनोनयन दर्ता गर्ने भएका छन । 

छापा बिज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै : 

आदरणीय मान्यवरहरु हार्दिक नमस्कार।

बिषय र प्रसंग:

“ए.एन.ए. लाई उर्जावान र गतिशील बनाउँन सबैले ईमानदार, साझा र उत्तरदायी बनि सहकार्य गर्न उन्मुख बनौ”

संस्थागत हैसियत बाट वैतनिक अथवा अवैतनिक रुपमा ए.एन.ए. मा आबद्ध रहदा आवश्यक अनि जरुरी पर्ने हाम्रा साझा ज़िम्मेदारी र अवधारणाहरुको छोटकरी सन्दर्भहरुलाई निम्नलिखित रुपमा तपसील वमोजिम उल्लेख गरिएको व्यहोरा अनुरोध गर्दछु।

तपसिल:

१. हजुरहरु जस्ता आदरणीय अनि सामाजीकरणका आयाममा योग्य साथै उदाहरणनिय, बौद्धिक र अग्रज मानिसहरुको अथक प्रयास एवं योगदान बाट आज भन्दा ४० बर्ष अगाड़ी संयुक्त राज्य अमेरिकाको राजधानी वासिंटन, डि.सी. मा स्थापित उत्तर अमेरिकी नेपालीहरुको सबै भन्दा ठूलो र पुरानो  साझा सामाजिक स्वयंसेबी राष्ट्रिय संस्था ए.एन.ए. को केही लामो समय देखि वर्तमान सम्मको कमजोर र उथल-पुथल स्थितिको सच्चा अवस्थालाई जुरूक्क माथि उठाउंन सक्ने सार्वजनिक, सामाजिक र सहयोगी मोडलको सन्देश प्रवाह गर्न र  यसलाई उचाई दिन हामी सबै अर्थात् हजुरहरु जस्ता दिग्गज र अग्रज व्यक्तित्वहरु एकै शुत्रमा जोड़िएर सहकार्य गर्दै अगाड़ी बढ्नु ज़रूरी छ भन्नेमा दुईमत हुँदैन भन्ने एकिन गर्दछु।

२. ए.एन.ए. लाई पुनः माथि पुर्याई यसका उपलब्धिमुलक र उद्देश्यपरक कार्यक्रमहरुमा यथोचित जागरण सहित परिवर्तन ल्याउन निर्धारित व्यवस्थापनको पुनर्जागरण नै आवश्यक भएकाले हजुरहरुको अभिभावकीय रेखदेख, गतिशील र उर्जावान परिश्रम र अथक अभियानको लागि हार्दिकता सहित हजुरहरुले हामीहरुलाई यानेकी नेतृत्वलाई प्रेरणा दिन जरूरी हुनेछ भन्ने बिस्वास गर्दछु।

३.ए.एन.ए. ले उत्तर अमेरिकी सवै क्षेत्रीय र स्थानिय निकायका विद्यमान अवस्थामा स्थापना भएका अन्य नेपाली डायसपोराका सामाजिक संघ संस्थाहरुलाई आफ्नै सोचेर उनिहरु संगको सहकार्यमा भाईचारा क़ायम गर्दै खुलेर उनिहरुको पथलाई पनि पछ्याउंन सफल बन्न सके मात्र उत्तर अमेरिकामा ए.एन.ए. छिट्टै नेपाली पहिचानको नमूना संस्था फेरी पनि वन्ने निश्चित हुनेछ भन्नेमा बिस्वास गर्न र सकारात्मक सोच र दृष्टिकोणमा लाभदायक सिद्ध र तथ्यको नजिक पुगिन्छ भन्ने लागेको छ । अतः यसलाई ख़्याल गरेर हामी सबैले नछुटी एकत्रित हुन अनुरोध गर्दछु।

४. बिगतका कमी-कमजोरीहरुलाई सिंहावलोकन गरेर वर्तमानमा भूतका अनुशासनहीनतालाई तोडेर नयाँ सिरा बाट अशल दृष्टिकोण राख्दै उपलब्धिमुलक कार्यक्रम सहित यथोचित दृष्टिगोचर बाट उन्नत अवधारणाहरु सिक्दै, मेहनत गर्दै संस्था (ए.एन.ए.) को उत्तरोत्तर प्रगति र संवृद्धिको पथमा उत्कृष्ट योगदान गर्न जरुरी भएकाले यस प्रकारका सोचमा आधारित भएर सचेत रहदै यथार्थवादी बन्न सक्षम हुनु आवश्यक हुनेछ भन्नेमा हामी सबैले महसूस गर्न सके सकारात्मक हुनेछ भन्ने हाम्रो सार्वजनिक र साझा बिस्वास हो। अतः यस प्रकारका सोचमा आधारित भएर सामाजिक सेवा प्रदान गर्न विनम्रतापूर्वक अनुरोध गर्दछु।

५. हामी प्रवासी नेपालीहरुले नेपाली भाषा, संस्कृति, नेपालको सान-मान एवं नेपाली साख र पहिचानलाई विश्व सामु स्थापित गर्न आवश्यक हुनेछ भन्नेमा हामी बिस्वास गर्दछौं। यसलाई ईमानदारी सहित ख़्याल गरेर हामीले नेपाल र नेपालीलाई संसार भरी परिचित गराउन नेपालको तर्फ बाट अवैतनिक राजदूतका रुपमा रहि  सबै विदेशी मुलुकहरु खासगरी ए.एन.ए. ले उत्तर अमेरिकी मुलुकहरु संग सम्बंधित र आबद्ध हुदै निकटतम सम्बंध राखेर सार्वजनिक र सामुदायिक र स्वास्थ सामाजिक स्वयंसबी सेवा प्रदान गर्न मनासिफ हुनेछ भन्ने हाम्रो साझा अवधारणा हो। उपरोक्त महत्वपूर्ण भूमिका निभाई हामीहरु ज़िम्मेदार ठहरिने गरी मातृभूमि र कर्मभूमि प्रति आभारी बन्दै ए.एन.ए.को  माध्यम बाट सेवानुमुखि हुन सक्ने बन्नु पर्छ भन्नेमा बिस्वास गर्दछु।

६. पारिवारिकताको सिद्धांत बमोजिम उत्तर अमेरिकी साथ-साथै अन्य मुलुकहरुमा रहने प्रवासी नेपालीहरु ए.एन.ए. मार्फ़त एकै शुत्रमा जोड़िएर कोही पनि नछुटी बिबिध अर्थात् अल्पकालिन र दीर्घकालिन सुख्ख र दु:ख्ख यानेकी मीठा र नमीठा अनुभूतिमा आईपरेका अनेकौं-अनेक कार्यक्रमहरुमा आधारित र आबद्ध हुदै वार्षिक अर्धवार्षिक र आवश्यकता अनुसार अन्य समयहरुमा पनि राष्ट्रीय, क्षेत्रीय र स्थानीय सभा, सम्मेलन अनि भेंटवार्ता, सेवा र बिचार मिमर्सहरु गरेर यसलाई सफलतापूर्वक सम्पन्न गर्न कर्मभूमिका प्रतिनिधिहरुलाई पनि आमन्त्रित गर्दै हाम्रो साझा नेपाली पहिचानलाई सर्वश्रेष्ठ र उपलब्धिमुलक बनाउन निरंतर प्रयास गर्दै अगाड़ी बढ़ी रहेको तथ्य सहि हो र सो बमोजिम रहनु हाम्रो साझा सोच पनि हो।यसरी सदाबहार बन्दै हामी सधैं मातृभूमि र कर्मभूमि बिचको पुल बनेर उर्जावान बन्न रुची राख्दछौं,यो नै हाम्रो निस्चित र सहि अर्थमा संस्थागत अवधारणा भएकाले यसलाई ख़्याल गरेर हामीहरु हाम्रो साझा संस्था ए.एन.ए. लाई  संस्थागत र जीवन्त राख्न सधैं प्रतिबद्ध प्रतिनिधि भएर सहकार्यमा रमाउने गर्दछौं।

यसलाई मेहनत गरेर सफल पार्न सबैले आआफ्नो तर्फ बाट अथक परिश्रम, प्रयास र योगदान गर्न हामी सबै एउटै सोचमा सकारात्मक दृष्टिकोण राख्दछौं, यसलाई हामी हाम्रो साझा कर्तव्य ठान्दछौं भन्ने बिस्वास लागेको छ।

७. अन्तमा, उपरोक्त बिषयहरु, कार्यक्रमहरु र बिचार-सन्दर्भहरू सम्बन्धमा महत्वपूर्ण भूमिका निभाई संस्थागत र गतिशील रुपमा सफल हुन जहिले पनि अर्थ अर्थात् समुन्नत रुपमा रकमको जोहो गर्न आवश्यक हुनेछ भन्नेमा पनि हामीहरु बिस्वास गर्दछौं। यसैले थोपा-थोपा संकलन भएर समुनद्र बनेझैं वास्तविक रुपमा पारदर्शिता सहित एक-एक पैसा संकलन गरेर हजारौं र लाखों रक़म संकलन गरि सार्वजनिक, समाजसेवी र स्वयंसेबी बिभिन्न कार्यक्रम अनुसार बजेट व्यवस्थापन गर्न हाम्रो नै साझा नैतिक ज़िम्मेदारी हो भनेर सकारात्मक दृष्टिकोण बाट दाताको हैसियतमा रक़म  जोहो गर्न उत्सुकता देखाएर स्वयंसेवकको रुपमा सहभागी हुने हाम्रो प्रचलित संस्थागत र स्वयंसेवी मान्यता हो भनेर सबैले सकारात्मक हुँदा दुईमत नहोला भन्ने  महसूस गरेको व्यहोरा समेत व्यक्त गर्दछु।

ए.एन.ए. मा आबद्ध भएर यस संस्थामा समर्पित हामिहरु यस प्रकारको सोचमा बिस्वास पनि गर्नै पर्ने भएकाले यसलाई मध्यनजर गरेर सदा झैं भविष्यमा पनि अर्थात् आउँने  दिनहरुमा पनि कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भित योजनाको पृष्ठभूमिमा आय-ब्यय अर्थात् बजेट व्यवस्थापनका लागि उपलब्धिमुलक, स्वयंसेवी र योगदानकर्ता सहितको अर्थ व्यवस्थापक बन्न हजुरहरु सम्पूर्णमा विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु।आदि इत्यादि ।

उच्चतम सफलता हासिल गर्नको लागि हजुरहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 

धन्यवाद!!

भवदीय, 

खगेन्द्र अधिकारी 

ए.एन.ए. २०२३-२०२६ कार्यकालका लागि अध्यक्ष पदको संभावित दावेदार र उमेद्वार

ग्रेटर वासिंटन,डि.सी.

संयुक्त राज्य अमेरिका 

मिति: जुन १४, २०२३

प्रतिक्रिया