तिमि साथमा हुन्थ्यौ भने……………

इनेप्लिज २०८० जेठ ३१ गते ११:१५ मा प्रकाशित

तिमि साथमा हुन्थ्यौ भने साथमा बसेर हास्थे
तिम्रो हसाईमा भुलेर छेउमै आएर बस्थे
मायाजालमा फसेको छ मेरो जिवन कहानी
तिमिले साथ दियौ र छ यो जिन्दगानि
जिन्दगिको पलपलमा संघर्ष गरेर बसेको छु
तिम्रो साथमा सधै हासेर बसेको छु
यो मनलाई भुलाउन मनको चौतारीमा बस्यौ
नजिक आएर मायाले मुटु सँग नाता जोड्यौ
सधै साथ भए पनि मनले सम्झिरहन्छ
किन मलाई तिमि सँग बोलिरहु झै लाग्छ ?
तिमि साथमा हुन्थ्यौ भने साथमा बसेर हास्थे
खुसि मन बनाएर तिमि सँगै हुन्थे

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया