इक्वेडरमा मूर्दा राख्ने काठे बाकस भित्र मृत अवस्थामा रहेकी एक महिला जिउँदै फेला

इनेप्लिज २०८० जेठ ३० गते १६:५५ मा प्रकाशित

इक्वेडरमा मूर्दा राख्ने काठे बाकस भित्र मृत अवस्थामा रहेकी परेकी एक महिला जिउँदै फेला परेकी सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

इक्वेडरको एक अस्पतालमा मृत घोषित गरिएकी ७६ वर्षीया महिला बाबाहोयो शहरमा आफ्नै ब्यूँझने क्रममा जिउँदै उनको कफिन( मूर्दा राख्ने काठे बाकस)मा ढकढक्याइरहेको अवस्थामा फेला परेकी छन् ।

“मैले कफिन माथि उठाएँ, र उनको मुटु धड्किरहेको थियो, र उनको देब्रे हातले कफिनमा प्रहार गरिरहेको थियो … हामीले उनलाई यहाँ अस्पताल ल्याउन ९११ लाई दुरवार्ता( फोन) गर्यौं,” उनका छोरा गिलबर्टो बारबेराले सामाजिक सञ्जालमा प्रकाशित गरिएको अॅकियदृश्य( भिडियो)मा भने ।

अहिले राज्यको अनुसन्धान भइरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया