भर्जिनियामा गुरुङ समाजले सामुदायिक भबन बनाउने

इनेप्लिज २०८० जेठ २९ गते १०:५१ मा प्रकाशित

ईनेप्लीज
१२ जुन २०२३

वाशिंगटन डिसी – अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रका गुरुङ समुदायको संस्था ” तमु धीं भर्जिनिया ” ले नर्दन भर्जिनियामा आफ्नै छुट्टै सामुदायिक भबन बनाउने निर्णय गरेको छ।

यही जुन ११ तारिख आईतबार भर्जिनियाको आश्बर्न शहरमा आयोजित ” तमु धीं भर्जिनिया ” को चौथो बार्षिक साधारण शभामा नर्दन भर्जिनियामा गुरुङ समुदायको अलग्गै सामुदायिक भबन बनाउने निर्णय भएको घोषणा गरियो। चौथो बार्षिक साधारण शभाको अध्यक्षता गरेका ” तमु धीं भर्जिनिया ” का अध्यक्ष नन्द कुमार गुरुङले उक्त कुरा घोषणा गरेका हुन्। सामुदायिक भबन बनाउने तयारीको लागी जग्गा हेर्ने र अर्थ संकलनको लागी अध्यक्ष नन्द कुमार गुरुङको संयोजकत्वोमा ११ सदस्यीय भबन निर्माण समिती गठन भैसकेको कुरा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सचिब थमान गुरुङले जानाकारी गराए। ” तमु धीं भर्जिनिया ” का उपाध्यक्ष तिलक गुरुङ र कोषाध्यक्ष चन्द्र कुमारी गुरुङले सामुदायिक भबन निर्माणको लागी नर्दन भर्जिनियामा जग्गा हेर्ने काम भईरहेको साधारण शभामा जानाकारी गराए।

आश्बर्न शहर स्थित देल्ही सिक्समा आयोजित साधारण शभाको अन्तमा रात्री भोज सहित मध्येरात सम्म नाचगान गरिएको थियो।

प्रतिक्रिया