तेश्रो बाना कप भलिवल अन्तरराज्य प्रतियोगितामा योङ ब्लड ह्यारिसवर्ग बिजयी 

इनेप्लिज २०८० जेठ २९ गते २:०४ मा प्रकाशित

बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना)ले आयोजना गरेको तेश्रो अन्तरराज्य भलिवल प्रतियोगितामा  योङ  ब्लड  ह्यारिसवर्ग खेल टोली बिजयी भएको छ । 

बिजयी टोलीले  उत्तम पॅाच अर्थात बेष्ट अफ फाइव खेलमा उप बिजेता टोली सिन्धु बुद्ध ट्याक्स न्यूयोर्कलाई  ३-२ ले  हराउदै यस बर्षको बाना कप भलिवल प्रतियोगिता जितेको छ । 

जुन ११ का दिन आइतबारका दिन सम्पन्न संगै तेश्रो बाना कप भलिवल अन्तरराज्य प्रतियोगिता २०२३ समाप्त भएको छ । 

बिजेता टोलीले ५ हजार ५ सय ५५ डलर तथा उप बिजेता टोलीले ३ हजार ३ सय ३३ डलर प्राप्त गरेका छन् । जुन ११ आइतबारका दिन ८ वटा टोलीहरुले प्रतिस्प्रद्धा गरेका थिए ।  

आज भएको खेलमा प्रतिस्प्रद्धा गर्ने भलिवल टोलीहरुमा रिजवुड नेपलीज सोसाइटी , सिन्धु बुद्ध ट्याक्स न्यूयोर्क , योङ्गबल्ड ह्यारिसवर्ग ,टेक्सस टिम रेड ,बेलमन्ट बाल्टिमोर, सिनसिनाटी ओहायो ,एनआरएनए मेरिल्याण्ड च्याप्टर तथा पश्चिम रुकुम बान्फीकोट रहेका थिए । 

प्रतियोगिताको लागि १८ वटा खेल टोली मध्ये दोश्रो दिन ८ वटा खेल टोली दोश्रो चरणमा पुग्न सफल भएका थिए । 

जुन ११ कै दिन २ वटा महिला भलिवल टोलीले मैत्रीपूर्ण खेल खेलेका थिए । कूल मिलाएर प्रतियोगितामा १८ वटा टोलीका ४० वटा भन्दा बढि खेलहरु खेलाईएका थिए  । दुबै दिनको खेल मेरिल्याण्डको जुनियर्स स्पोर्ट्स सेन्टर जेसवमा प्रतिस्प्रद्धा गराईएको थियो । 

प्रतियोगिताको लागि टेक्सस,पेन्सिलभेनिया,न्यूयोर्क,ओहायो र भर्जिनियाका र मेरील्याण्डका खेल टोलीहरुले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया