स्कटल्याण्डका पूर्व नेता निकोला स्टर्जन देशको सत्तारुढ दलको संकटको बीचमा गिरफ्तार

इनेप्लिज २०८० जेठ २८ गते १५:२९ मा प्रकाशित

स्कटल्याण्डका पूर्व नेता निकोला स्टर्जनलाई देशको सत्तारुढ दलको संकटको बीचमा गिरफ्तार गरिएको छ । स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई स्कटिश नेश्नल पार्टी (एसएनपि ) को वित्तिय(आर्थिक) सम्बन्धमा प्रहरी अनुसन्धानको एक भागको रूपमा पक्राउ गरिएको हो ।

स्कटल्याण्ड प्रहरीद्वारा जारी गरिएको एक विज्ञप्तिमा यस्तो भनिएको छ “एउटी ५२ वर्षीया महिलालाई आज आइतबार, ११ जुन, २०२३ स्कटिश नेश्नल पार्टी(स्कटल्याण्ड राष्ट्रिय दल )को कोष र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धमा संदिग्धको रूपमा पक्राउ गरिएको छ।”

“महिलालाई हिरासतमा राखिएको छ र प्रहरी स्कटल्याण्ड जासूसहरूले सोधपुछ गरिरहेको छ,” प्रहरीले बिज्ञप्तिमा जनाएका छन् । अनुसन्धान जारी रहेकाले थप केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

स्टर्जनका प्रवक्ताले गिरफ्तारीको पुष्टि गरे र संचार माध्यमलाई भने “निकोलाले लगातार सोधेको खण्डमा अनुसन्धानमा सहयोग गर्ने र त्यसो गरिरहने बताएकी छिन्।”

स्टर्जनका पति र पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेललाई यस महिनाको सुरुमा पक्राउ गरिएको थियो र रिहा गरिएको थियो। त्यसपछि समूहको कोषाध्यक्ष, कोलिन बीटी र अधिकारीहरूले एडिनबर्गमा दलको मुख्यालयमा छापा मारेका थिए भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया