बाना कप भलिवल अन्तरराज्य प्रतियोगितामा ८ खेल टोली भिड्दै ,अन्तिम समारोह आज हुदै

इनेप्लिज २०८० जेठ २८ गते १२:३१ मा प्रकाशित

बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना)को तेश्रो अन्तरराज्य भलिवल प्रतियोगिताको अन्तिम दिन आज ८ वटा खेल टोली भिड्ने भएका छन् । जुन ११ आइतबारका दिन बिजेता घोषित समेत गरिने छ ।

जुन ११ आइतबारका दिन १० बजे खेल सुरुवात गराइने छ । आज हुने खेल टोलीमा प्रतिस्प्रद्धामा भाग लिने भलिवल टोलीहरुमा रिजवुड नेपलीज सोसाइटी बिरुद्ध सिन्धु बुद्ध ट्याक्स न्यू योर्क , योङ्गबल्ड बिरुद्ध टेक्सस टिम रेड ,बेलमन्ट बाल्टिमोर बिरुद्ध सिनसिनाटी ओहायो तथा एनआरएनए मेरिल्याण्ड च्याप्टर बिरुद्ध पश्चिम रुकुम बान्फीकोट खेल हुदैछ ।

बिजेता टोलीले ५ हजार ५ सय ५५ डलर तथा उप बिजेता टोलीले ३ हजार ३ सय ३३ डलर प्राप्त गर्नेछन् । गत जुन १० शनिबारका दिन औपचारिक कार्यक्रम संगै खेल सुरुवात गराईएको थियो । प्रतियोगिताको लागि १८ वटा खेल टोली मध्ये दोश्रो दिन ८ वटा खेल टोली दोश्रो चरणमा पुग्न सफल भएका छन् ।

साथै जुन ११ कै दिन २ वटा महिला भलिवल टोलीले मैत्रीपूर्ण खेल खेल्ने छन । कूल मिलाएर प्रतियोगितामा १८ वटा टोलीका ४० वटा भन्दा बढि खेल हुनेछन् । दुबै दिनको खेल मेरिल्याण्डको जुनियर्स स्पोर्ट्स सेन्टर जेसवमा हुदैछ ।

प्रतियोगिताको लागि टेक्सस,पेन्सिलभेनिया,न्यूयोर्क,ओहायो र भर्जिनियाका र मेरील्याण्डका खेल टोलीहरुले सहभागिता जनाएका छन् ।

कार्यक्रम स्थल गत बर्ष मै आयोजना गरिएको स्थान 8221 Preston Ct, Jessup, MD 20794 मा प्रतियोगिता भै रहेको छ ।

प्रतिक्रिया