बाल्टिमोरमा बाना कप भलिवल अन्तरराज्य प्रतियोगितामा कूल १८ खेल टोलीको सहभागिता हुने ,खेल तालिका प्रकाशित

इनेप्लिज २०८० जेठ २६ गते ०:०४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना)ले आयोजना गर्ने तेश्रो अन्तरराज्य भलिवल प्रतियोगितामा १८ वटा खेल टोलीले खेल्ने भएका छन् । साथै २ वटा महिला भलिवल टोलीले पनि सहभागिता जनाउने तर मैत्रीपूर्ण खेल खेलाइने संयोजक भिम केसीले बताए ।

प्रतियोगिता आगामी जुन १० र ११ का दिन हुनेछ । गत बुधबार खेल तालिका समेत सार्वजनिक गरिएको छ भने प्रत्यक्ष प्रसारण सहित भएको गोलाप्रथाबाट टोली र समुह छुट्टाईएको छ । खेलमा १८ वटा टोलीका ४० वटा भन्दा बढि खेल हुनेछ । दुबै दिनको खेल मेरिल्याण्ड जुनियर्स स्पोर्ट्स सेन्टर जेसवमा हुनेछ ।

प्रतियोगिताको लागि टेक्सस,पेन्सिलभेनिया,न्यूयोर्क,ओहायो र भर्जिनियाका र मेरील्याण्डका खेल टोलीहरुले सहभागिता जनाउने भएका छन् । खेलको समुद्घाटन समारोह शनिवार बिहान ठिक ९:०० बजे हुनेछ । अध्यक्ष सुबोध पन्तले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई आफू र दोश्रो पुस्तालाई समेत ल्याउन आग्रह गरेका छन् ।

बिजेताटोलीले ५ हजार ५ सय ५५ डलर तथा उप बिजेता टोलीले ३ हजार ३ सय ३३ डलर प्राप्त गर्नेछन् ।

कार्यक्रम स्थल गत बर्ष मै आयोजना गरिएको स्थान 8221 Preston Ct, Jessup, MD 20794 मा प्रतियोगिता हुने भएको छ ।

प्रतिक्रिया