रुसको कब्जामा रहेको युक्रेनको खेरसनमा बाँध र जलविद्युत आयोजना ध्वस्त,बस्तीहरू सहित खाली गर्न आदेश

इनेप्लिज २०८० जेठ २३ गते १०:५२ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जामा रहेको खेरसनमा रहेको फराकिलो बाँध र जलविद्युत आयोजना मङ्गलबार बिहानै ध्वस्त भएपछि तत्काल प्रभावकारी रूपमा खाली गर्न आदेश दिइएको बताए।

बाढी क्षेत्रमा लगभग ८० बस्तीहरू रहेको जेलेन्स्कीले राष्ट्रिय सुरक्षा र रक्षा परिषदको आपतकालीन बैठक पछि टेलिग्राममा प्रकाशन गरेका छन् ।

उनले यस क्षेत्रका सबै शहर र गाउँमा खानेपानी पुर्‍याउनैपर्ने कुरामा जोड दिएका छ । विस्फोट स्थानीय समय अनुसार बिहान २.५० बजे (७;५० बजे पूर्वीय समय ) भएको थियो ।

“रूसी आतंकवादीहरूले काखोभका जलविद्युत आयोजनाको संरचनाको आन्तरिक विस्फोट गराए।” ,जेलेन्स्कीले भने। रुसी अधिकारीहरूले नोभा काखोवा बाँधको विनाशमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

व्यापक विनाशको आशंकामा यस क्षेत्रबाट हालसम्म जम्मा ८८५ जनालाई विस्थापित गरिएको छ ।

युक्रेनको आन्तरिक मन्त्रालयका अनुसार युक्रेनी अधिकारीहरूले खेरसनको निप्रो नदीको मुक्त पश्चिमी किनारमा मानिसहरूलाई मद्दत गरिरहेका छन् । उनीहरू कब्जा गरिएको पूर्वी किनारका मानिसहरूको बारेमा “चिन्तित” छन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया