दुवै सदनका अलग-अलग बैठक बस्दै, राष्ट्रियसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

इनेप्लिज २०८० जेठ २३ गते २:१९ मा प्रकाशित

काठमाडौ, आज संसद्का दुवै सदन (प्रतिनिधि र राष्ट्रिय सभा) का अलग–अलग बैठक बस्दै छन्।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे सुरु गर्ने तयारी छ भने राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ११ मिनेट जाँदा बस्नेछ।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेटबारेको छलफल जारी रहनेछ भने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नेलगायत सम्भावित कार्यक्रम छन्।

सार्वजनिक सम्भावित कार्यसूचीअनुसार आजको राष्ट्रियसभाको बैठकका लागि तय गरिएका अन्य कार्यक्रममा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र यस विषयमा छलफल प्रारम्भ गर्ने छन्।

प्रतिक्रिया