नेपाली चलचित्र प्रसाद २ भर्जिनियामा प्रदर्शन हुने

इनेप्लिज २०८० जेठ २२ गते २३:२४ मा प्रकाशित

नेपाली चलचित्र प्रसाद २ भर्जिनियामा प्रदर्शन हुने भएको छ।

सुदर्शन थापा निर्देशित यस चलचित्रमा विपिन कार्की र केकी अधिकारीका साथै अर्पण थापाको अभिनय रहेको छ । सुदर्शन बस्नेत यसका निर्माता हुन् ।

भर्जिनियाको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर (चलचित्र मन्दिर)मा आगामी जुन १८ आइतबारका दिन दुई चोटी प्रदर्शन हुनेछ ।

पहिलो प्रदर्शन ४ बजे दिउसो हुनेछ भने दोश्रो प्रदर्शन ७ बजे राती हुनेछ । अग्रिम रुपमा नै बिधुतिय प्रणाली (अनलाइन )टिकट खरिद गर्न सकिने व्यवस्था भएको र नेपाली चलचित्रलाई माया गर्नु हुने सबैलाई आयोजकले हेर्न आउन आह्वान र अनुरोध गरेका छन्।

बिस्तृत जानकारी लिन सफल बानिया ,कल्याण सापकोटा,बिशाल केसी तथा मंजु संग्रौलालाई सम्पर्क गर्न सकिने छ । चलचित्रबाट उठेको केही रकम हिमालयन फ्रि क्लिनिकलाई प्रदान गरिनेछ।

यो चलचित्रलाई हिमालयन फ्रि क्लिनिकको तथा एभरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसनको समर्थन रहेको छ ।

प्रतिक्रिया