नेवा अर्गनाइजेसन अफ अमेरिकाको नयाँ कार्यकारी समितिको गठन,महिन्द्रमान सिंह प्रधान अध्यक्षमा निर्वाचित

इनेप्लिज २०८० जेठ २१ गते ११:१९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित नेवा अर्गनाइजेसन अफ अमेरिकाको नयाँ कार्यकारी समितिको गठन भएको छ भने महिन्द्रमान सिंह प्रधान अध्यक्षमा निर्वाचित भएका छन् ।

वाशिंगटन डिसी क्षेत्रमा आयोजित २२ औं वार्षिक साधारण सभा र राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यकारी समितिको चयन भएको हो । निर्वाचित समितिले मे २७ का दिन नयाँ कार्यकारी समिति २०२३–२६ को लागि नतिजा सार्वजनिक गरेको थियो ।

सदस्य रामलाल श्रेष्ठले नवनिर्वाचित अध्यक्ष महिन्द्रामान सिंह प्रधान लगायत अन्य निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

एनओएको बिधान २००१ बमोजिम नयाँ कार्यकारिणी समितिको अवधि तीन (३ ) वर्ष रहन्छ।

नयाँ एनओए कार्यकारी समितिका नव निर्वाचित पदाधिकारीहरूमा क्रमस अध्यक्षः महिन्द्रमान सिंह प्रधान ;प्रथम उपाध्यक्ष: राजेशलाल श्रेष्ठ;द्वितीय उपाध्यक्ष: दिवाकर धौभडेल;महासचिव : बबिता श्रेष्ठ ;सचिव: नविन मोहन रञ्जित ;कोषाध्यक्षमा मार्कण्डेयमान सिंह प्रधान निर्वाचित भएका छन् ।

यस्तै कार्यकारिणी सदस्यहरुमा सुगन्ध श्रेष्ठ, रमा महर्जन शाक्य तथा रमिता श्रेष्ठ रहेका छन् ।

मेम्बर्स एट लार्ज अन्तर्गत मिला श्रेष्ठ: जनसम्पर्क तथा सहयोग सहसंयोजक ;अनिल रञ्जित: संचार र परोपकार संयोजक तथा राजेश तुलाधर: पब्लिक जन सम्पर्क संयोजकमा निर्वाचित भएका छन् ।

नेवा समुदायलाई मानवीय गतिविधिका सबै क्षेत्रमा अगाडि बढ्न लोकतान्त्रिक मन्च उपलब्ध गराउने,विगतको समृद्ध ऐतिहासिक सम्पदालाई स्वरूपमा राख्ने ,वर्तमानका महत्त्वपूर्ण समस्याहरू समाधान गर्न र आगामी पुस्ता र मातृभूमि नेपालको भविष्य सुरक्षित गर्न साथीहरू र शुभचिन्तकहरूसँग रचनात्मक र सामूहिक रूपमा काम गर्ने मुख्य लक्ष्य रहेको छ ।

प्रतिक्रिया