तमु धीं भर्जिनियाले आफ्नो चौथो बार्षिक साधारण सभा धुमधामले मनाउने

इनेप्लिज २०८० जेठ २० गते १०:२५ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङ्टन डिसी मेट्रो एरियामा बस्ने थुप्रै गुरुङ (तमु) हरुको साझा पवित्र संस्था तमु धीं भर्जिनियाको चौथो बार्षिक साधारण सभा यही जुन, ११ तारिख सन् २०२३ आईतबारका दिन भर्जिनियाको आसबर्न शहरको दिल्ली -६ नामक रेष्टुरेन्टमा एकदम भव्य तरिकाले मनाउन लागिएको छ ।

धेरै लामो कालखण्ड छिचोलेर आएर आज यहॉंसम्म आईपुगेको यो संस्थाको लामो ईतिहास छ । झन्डै १८/१९ वर्षको यात्रा पार गरी सकेको यो एक परोपकारी र पवित्र उदेश्य बोकेको संस्थाले २०१९ मा आएर आफ्नो पहिलेको ” ग्रेटर वासिङटन तमु समाज” नाम परिवर्तन गरी “तमु धीं भर्जिनिया” भनि नयॉं नाम राखेपछिको यो साधारण सभा चौथो पटकको साधारण सभा हो ।

यस साधारण सभालाई एक किसिमको मिनी ल्होछारकै झल्को दिने गरी मनाउनको लागि ब्यापक तयारी भईरहेको र डिसी महानगर वरपर बस्नुहुने सबै गुरुङ (तमु) दाजुभाई तथा दिदीबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि तमु धीं भर्जिनियाले हार्दिक अनुरोध पनि गरेको छ ।

कार्यक्रममा संस्थाले बिगतमा सम्पन्न गरेका विविध नियमित कार्यक्रमहरु र गतिविधिहरुमाथि बृहत छलफल गरी त्यसबाट के कति गल्ती, कमी कमजोरीहरु भए,कति सफल,असफल भए? राम्रा र नराम्रा पाटाहरु के कस्ता देखिए ? भन्ने बारेमा घनीभूत बिेश्लेषण गर्नेछ। त्यसैगरी अबका दिनहरुमा संस्थाले गर्न लागेको भावी गतिविधिहरु, अल्पकालिन र दीर्धकालिन योजनाहरुका बिषयहरुमा पनि व्यापक विचार-विमर्श र छलफल हुने कुरा संस्थाका अध्यक्ष नन्द कुमार गुरुङले हामीलाई जानकारी दिनुभयो ।

कार्यक्रमको उत्तरार्धमा डिनर एवं जलपान सहितको नाचगान र सांगीतिक रमझमपूर्ण बाताबरण पनि हुने भएकोले पनि उक्त साधारण सभामा तमु धीं भर्जिनियालाई भित्री मनैदेखि माया गर्ने र गहिरो आस्था र शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण गुरुङ (तमु) दाजुभाई तथा दिदीबहिनीहरुलाई तमु धीं भर्जिनियाको तर्फबाट र अध्यक्ष नन्द कुमार गुरुङको व्यक्तिगत तर्फबाट पनि फेरि पनि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा व्यक्त गर्नु भएको छ ।

साधारण सभा हुने स्थान, मिति र समय यस प्रकार रहेको छ ।

स्थान : 43761 Parkhurst Plaza #124, Ashburn, VA 20147
समय : अपरान्ह ४ बजे देखि ।
मिति : जुन ११, सन् २०२३ आईतबार ।

प्रतिक्रिया