भारतमा तीनवटा रेल दुर्घटनामा परी कम्तीमा २०७ जनाको मृत्यु ,९०० जना घाइते

इनेप्लिज २०८० जेठ २० गते १:२० मा प्रकाशित

भारतमा तीनवटा रेल दुर्घटनामा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ भने ९०० जना घाइते भएका छन् ।

भारतमा शुक्रबार साँझ तीनवटा रेल एकआपसमा ठोक्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सयौं घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

ओडिशा राज्यको बालासोर शहरमा दुईवटा यात्रुवाहक रेल र एउटा मालगाडी एक आपसमा ठोक्किएको राज्यका मुख्य सचिव प्रदीप जेनाले बताए।

कम्तिमा २०७ व्यक्तिको मृत्यु भएको छ र ९०० जना घाइते भएका छन्, जेनाले ट्विटरमा राज्यको विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै भने।

शुक्रबारको उद्धार प्रयासमा ११५ भन्दा बढी रुग्ण वाहिनी (एम्बुलेन्स) र धेरै अग्नि नियन्त्रण सेवाका ईकाइहरूको संलग्न रहेको अधिकारीहरूले भने।

दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन भने उद्धार कार्यहरू द्रुतरुपमा भै रहेको सिएनएनले जनाएको छ ।

“हामी थप चिकित्सकहरू, रुग्ण वाहिनी (एम्बुलेन्स)हरू, यात्रीयान (बस)हरू पठाउने मात्र काम गरिरहेका छौं, त्यसैले ती सबै कुराहरू हामीले गरिरहेका छौं त्यसैले हामीले के भयो, कसरी भयो भनेर सोध्ने सोचेका छैनौं,” उनले भने।

प्रतिक्रिया