अमेरिकाको टेक्ससमा युवा नेपालीले १२ हप्तामा शरीरको बोसो घटाउने र मांशपेशी बनाउने तालिम गराउदै

इनेप्लिज २०८० जेठ १९ गते २३:१२ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालस बस्दै आएका युवा नेपाली उत्सव सिंहले १२ हप्तामा शरीरको बोसो घटाउने र मांसपेशी बनाउने तालिम दिदै आएकोले इच्छुक सबैलाई अभिरुचि भएमा सम्पर्क गर्न आग्रह र आह्वान गरेका छन् ।

मेहनत गरेमा र केही कुराहरुलाई लागू गरेमा शरीर स्वास्थ्य हुनुको साथै मांशपेशी बनाउन केही समय नलाग्ने उनले ईनेप्लिजलाई बताए । उनि पहिले आफ्नो शरीर आकर्षित र मांसपेशी सहित बनाई सकेका छन । अब उनले युवाहरुले चाहना गरेमा र इच्छुक रहेमा आफूले व्यावसायिक रुपमा प्रशिक्षण दिने बताए ।

उनले अगाडी भने बाह्य एवं आन्तरिक शारीरिक स्वस्थता र सबलताको मुख्य उपाय व्यायाम नै हो। स्ट्रेंथ,इम्यूनिटी र आरोग्यले व्यक्तिलाई फूर्तिलो,जाँगरिलो र आकर्षक बनाउदछ। चुस्त, स्वस्थ र सन्तुष्टले व्यक्तिमा उत्साह, साहस र आकांक्षा थपिन्छ। व्यक्ति ऊर्जावान बन्दछ। त्यसैले मस्सल एण्ड फिटनेस प्रति चेतना बढ्दो छ। समग्रमा वर्कआउट अपरिहार्य छ। अर्थात् त्यसको लागि शारीरिक कसरत र ब्यायाम गर्नु पर्ने कुरामा जोड दिए ।

उनले अझै थप्दै भने चाहेको नतिजा पाउन अनुशासन अनिवार्य पालन गर्नु पर्दछ।अनुशासन पालना भनेको अठोट हो। यस्को लागि आफ्नो कतिपय आनीबानी, खानपान लगाएत दैनिकीमा फेरबदल गर्नु पर्ने हुन्छ। संकल्प, अनुशासन र निरन्तरताबाट लक्षित उपलब्धि निश्चित छ।

अन्त्यमा उनले आफ्नो परिचय दिदै आफू मस्सल एण्ड फिटनेससंग सम्बन्धित छु। र ,नेचुरल बडीबिल्डिंग प्रतियोगिता सन् २०२१ मा मैले मिस्टर युएसएको उपाधि(आफ्नो तौल समूह) ,प्रोकार्ड र स्वर्ण पदक समेत जितेको जानकारी गराएका छन् ।

उनले प्रशिक्षण पनि दिदै आएका छन्। फिटनेस(सुगठन)को लक्ष्य प्राप्तिमा आफ्ना प्रशिक्षार्थीहरू सफल भएका छन र उनीहरु उत्साहित भएको जनाएका छन् । इच्छुक सबैको पहुँचमा आफु भएको बताउदै सिधै उनिसँग सम्पर्क गर्न सकिने उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया