माहानगर पालिकाको निर्णयले यात्रीलाई थप सास्ति

इनेप्लिज २०८० जेठ १९ गते २१:४३ मा प्रकाशित

यो निर्णय सँगै अब काठमाडौँ भित्रिने र काठमाडौँबाट वाहिरिने लामो दूरीमा चल्ने यात्रु बसले नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाउने छैन काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो ।

जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ । ‘काठमाडौंबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ’, महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

बैठकले निर्णय गरिसकेपछि पनि अनाधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ ।

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ । सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ।

के यो अब्यबारिक निर्णयले यातायात छेत्रसुधार होलाकी ? अशक्त ,अपांग ,वृद्ध वृद्दा ,सुत्केरी महिला ,साना नानि बाबु देखि तमाम यात्री बस चडन अथबा उत्रिन सबै गंगपु नयाँ बसपार्क पुग्न सहज होला ?बानेश्वर , ललितपुर ,कुपोन्डोल , डिल्लिबजार ,जस्ता यरियामा बस्ने यात्री बस चडन र ओर्लिन गंगपु नयाँ बसपार्क पुग्नुपर्दा यात्री लाई कति सास्थि होला ?कोटेश्वरपुर्ब चल्ने सबै सबारी साधन गंगपु बसपर्क बाट निस्कदा बसुन्धारा , नारायणगोपाल चोक , चाबहिल , गौसाल यरियामा ट्राफिक ब्यबस्था सहजहुन सक्ला ? उपभोक्तालाइ अफ्ट्यारो ,मज्दुरको रोजिरोटिको सबाल साथै ब्यबसायलाई थप आर्थिक बोजपार्नेखालको निर्णय सरासर गलत र अब्याबारिक हुने हुदा काठमाडौ महानगरले गरेको निर्णय प्रती सम्पुर्ण यातायात व्यावसायि,साथै सम्पुर्णमज्दुर संघ संगठन र सम्पुर्ण यात्री नागरिक समाज यकजुटभयर माहानगरले गरेको अब्याबरिक निर्णयको बिरुद्ध यकहुनै पर्छ।

चाबहिल बुकिङ इकाइ परिवार 

प्रतिक्रिया