अमेरिकी सिनेटले समय सीमा अगाडी नै समस्यामा रहेको ऋण सीमा सम्झौता अन्तत्वगत्वा पारित गरेको छ । अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले पारित गरे पछि माथिल्लो सदनले समेत पारित गर्दै ठूलो समस्या हाललाई टरेको छ ।
सिनेटले बिहीबार साँझ जनवरी १, २०२५ सम्म राष्ट्रको लागि ऋण सीमा निलम्बन गर्न अन्तिम समय भन्दा केही दिन अगाडि नै पारित गर्न सफल भएको छ ।
अब राष्ट्रपति जो बाइडेनलाई कानूनमा हस्ताक्षर गर्न पठाईनेछ । सिनेटले ऋण सीमा विधेयक पारित गरेको केही क्षण पछि बाइडेनले कांग्रेसले गरेको भूमिका को प्रशंसा गरेका छन । र ,एक विज्ञप्तिमा मार्फत , “म यो विधेयकलाई जतिसक्दो चाँडो कानूनमा हस्ताक्षर गर्न उत्सुक छु।” भनेका छन् ।
२०२५ मार्फत ऋण सीमा निलम्बन गर्दा राष्ट्रपति चुनाव पछि पूर्वनिर्धारित तालिकाको खतरा हुन्छ भनि सिएनएनले उल्लेख गरेको छ । ऋण सीमालाई सम्बोधन गर्नुका साथै बिधेयकले गैर-रक्षा खर्चलाई सीमित गर्दछ ।
सिनेटले विधेयक पारित गर्न हुन्छ भन्ने पक्षमा ६३ र हुदैन भन्ने पक्षमा ३६ मत परेको थियो।
सिनेट बहुमत नेता चक शुमरले सिनेटले बिधेयक पारित गरेपछि ऋण सीमा सम्झौतामा डेमोक्र्याटको भूमिकालाई जोड दिए।
प्रतिक्रिया